बैशाख ७, २०८१ शुक्रबार

संयुक्त नव युवा क्लबको अध्यक्षमा पुनः मैनाली

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका ४ र ७ को संयुक्त नव युवा क्लबको अध्यक्ष पदमा पुनः देवेन्द्र मैनाली सर्वसम्मत चयन भएका छन् । क्लबले शनिबार स्थानीय मिलडाँडा एकता चोकमा आयोजना गरेको छैटौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट मैनालीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो ।

दुई बर्षे कार्यकाल रहने समितिको उपाध्यक्षमा देवका न्यौपाने , सचिवमा दिनेश भुजेल , सहसचिव केशब भट्टराई र कोषाध्यक्षमा राजेन्द्र शाहलाई अधिवेशनले चयन गरेको छ । त्यसैगरी समितिको सदस्यहरुमा अर्जुन बराल, डम्बर भण्डारी , जानुका निरौला र सम्झना भण्डारीलाई निर्विरोध चयन गरिएको निर्वाचन समिति संयोजक हिरामान शाहले जानकारी दिए ।
त्यस्तै लेखा समितिको संयोजकमा मानबहादुर बुढाथोकी र सदस्यहरु कोपिला भण्डारी र मदन भट्टराई रहेका छन् ।

साधारणसभामा क्लबका अध्यक्ष देवेन्द्र मैनालीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहसचिव केशब भट्टराईले आर्थिक बर्ष ०७८-०७९ को आय १४ लाख ९५ हजार ९ सय ८७ रुपैयाँ र व्ययतर्फ १० लाख ९१ हजार ८ सय १५ रुपैयाँ बजेट प्रस्तुत गरे ।

सोही अवसरमा सामुदायिक भवन निर्माण समितिका केदार पराजुलीले १ करोड ५० लाख रुपैयाँको लागतमा १ कठ्ठा १५ धुर जग्गामा निर्माणधिन भवन हालसम्म २० प्रतिशत काम भएको बाँकी ८० प्रतिशत काम चाँडै सम्पन्न गरिने अवगत गराए । पराजुलीले सामुदायिक भवन निर्माणका लागि नेपाली कांग्रेस प्रदेश नम्बर – १ का सभापति उद्धव थापाको पहलमा प्रदेश –१ भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २० लाख रुपैयाँ बजेट विनियोजन भई रकम निकासा भइसकेको जानकारी दिए ।

मैनालीको सभापतित्व र अर्जुनधारा नगरपालिका वडा नम्बर – ७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि खतिवडाले सामुदायिक भवन निर्माण पूर्णतामा कुनै द्वविधा नहुने बताउँदै भवन बनेमा आजको १०-२० बर्षपछि सामुदायिक भवन धेरै महत्व बढेर जाने हुँदा भवनबाट ठुलो कार्य गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

जुझारु कर्तव्यनिष्ट भएर लाग्न क्लबका सदस्यहरुलाई आग्रह समेत गरे । क्लबका सचिव दिनेश भुजेलले संचालन गरेको कार्यक्रममा वडा नम्बर – ४ का वडा अध्यक्ष अमर बहादुर कटुवाल , क्लबका देवका न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : भाद्र २६, २०७९ आईतबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]