अष्ट्रेलियाको शिक्षाबारे विधार्थीलाई एक्सपर्टको परामर्श
झापा । अध्यनका लागि अष्ट्रेलिया जाने नेपाली विधार्थीको आकर्षण बढ्दै गएपछि शिक्षा र नीतिगत परामर्श दिइएको छ । नेपालमै अष्ट्रेलिया अध्ययनका लागि राम्रो परामर्श प्रदान गर्दै आएको बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्विसेसले सोमवार एक दिवसीय शैक्षिक सेमिनार आयोजना गरेको थियो ।

परामर्श दिइने सो कार्यक्रममा झापा जिल्लाभरबाट करिव एक सय विधार्थी सहभागी भएका थिए । उनीहरुले अष्ट्रेलियाका विभिन्न ८ वटा शैीषक संस्थाका प्रतिनिधिहरुसँग भेटेर त्यहाँको शिक्षा अवस्थाबारे बुझेका छन् । विद्यार्थीले आफूले पढ्न चाहेको युनिभर्सिटी, कलेज, विषय, शुल्क एवम् अध्ययन सकेपछिको करियरका बारेमा जानकारी लिएको एक्सपर्टका बिर्तामोड प्रबन्धक कृष्ण खतिवडाले जानकारी दिए ।
अध्ययनका लागि आकर्षणमा परेको अष्ट्रेलियाको शैक्षिक नीति, समय समयमा परिवर्तन भइरहने भएकाले जानुपूर्व विधार्थीले बुझ्नुपर्ने विषयमा जानकारी दिइएको थियो । विभिन्न समयमा एक्सपर्ट बिर्तामोडले विधार्थीलाई लक्षित गरेर सेमिनार सञ्चालन गर्दै आएको छ ।
अष्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटी, टोरेन्स युनिभर्सिटी, टाफे, किवा कलेज, होम्स इन्स्टिच्युट, बक्सहिल इन्स्टिच्युट, ब्राइटन कलेज लगायतबाट आएका प्रतिनिधिहरुले सेमिनारमा सहभागी विद्यार्थीलाई सहजीकरण गरेका एक्सपर्टका एकदेव अधिकारीले जानकारी दिए ।