बैशाख ८, २०८१ शनिबार

किरात राई पत्रकार संघ झापाको अध्यक्षमा पुन : साम्पाङ

शनिश्चरे । किरात राई पत्रकार संघ झापा शाखाको अध्यक्ष पदमा पुनः राजन साम्पाङ राई सर्वसम्मत चयन भएका छन् ।
राई पत्रकार संघद्वारा शुक्रबार अर्जुनधारा नगरपालिका –९ स्थित किरात राई यायोक्खा भवनमा आयोजित पाँचौं जिल्ला अधिवेशनले साम्पाङ राईलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । नयाँ कार्य समितिको उपाध्यक्षमा रविकिरण राई, सचिवमा सविना राई, सहसचिवमा पवन चाम्लिङ राई र कोषाध्यक्षमा भारती राई चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सोनिका राई, दिपसन राई, निरन राई र सविन राईलाई चयन गरिएको निर्वाचन समितिका संयोजक रमेश समदर्शी राईले जानकारी दिए । संघका अध्यक्ष राजन साम्पाङले अधिवेशन सत्रमा बोल्दै संस्थाले २ लाख रुपैयाँ अक्षयकोष निर्माण गरि किरात राई पत्रकार स्थापना दिवसको अवसरमा प्रत्येक ३ बर्षमा उत्कृष्ट पत्रकार बर्ष पुरस्कार प्रदान गरिने जानकारी दिए । सो अवसरमा किरात राई यायोक्खा अर्जुनधारा नगर समिति सदस्य बिजय राईले किरात राई पत्रकार संघ अक्षयकोषको लागि नगद ५ हजार रुपैयाँ सहयोग प्रदान गरेका संघकी सचिव सविना राईले जानकारी दिइन् ।

इजलास दैनिकका अर्जुनधारा संवाददाता इन्द्रकुमार राई प्रेस चौतारी झापाको जिल्ला कमिटी सदस्यमा निर्वाचित भएको हुँदा राईलाई सम्मान गरिएको थियो । अध्यक्ष साम्पाङको सभापतित्व तथा किरात राई पत्रकार संघ केन्द्रीय सदस्य लिला राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि लिला , केन्द्रीय सल्लाहकार सदस्यद्वय दिपिन राई , रमेश समदर्शी राई , यायोक्खाका भरतसिंह राई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : भाद्र ३१, २०७९ शुक्रबार  ६ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]