शिक्षा सहकारीको दुर्गापुर सेवा केन्द्रमा प्रतिनिधि छनौट
सुरुङ्गा । शिक्षा बहुउद्धेश्यीय साकोसले कनकाई नगरपालिका दुर्गापुर सेवा केन्द्रका लागि प्रतिनिधि छनौट कार्यक्रम गरेको छ ।
कनकाई नगरपालिका –१ दलित सामुदायिक भवनमा आयोजित प्रतिनिधि छनौट कार्यक्रमको प्रमुख आतिथ्यता कनकाई नगरपालिका १ की वार्ड सदस्य निर्मला खड्काको रहेको थियो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नुहुदै संस्थाले कनकाई नगर क्षेत्रका शेयर सदस्यहरुको सुविधालाई ध्यानमा राखेर चाडै आफ्नै भवन समेत कनकाई क्षेत्रमा स्थापना गर्न लागेको जानकारी दिए । साथै न्यौपानेले संस्थामा हाल ४६ सय बढी शेयर सदस्य रहेको र संस्थाले ३ करोड ५१ लाखभन्दा वढी चुक्क्ता शेयर पुजी रहेको समेत जानकारी दिएका छन् ।

सहकारीले आफ्नै लगानीमा शिक्षा शिकोस निकेतन विद्यालय समेत संचालनमा ल्याइसकेको र यसमा ५० विद्यार्थी हाल अध्ययनरत् रहेको बताए । बिर्तामोडमा मुख्य कार्यालय रहेको यस शिक्षा साकोसको दुर्गापुर सहित शनिश्चरे, धुलावारी, दुहागढी र चैतुवारी गरि ६ वटा सेवा केन्द्रहरु संचालनमा रहेको छ । सहकारीमा हाल ४५ जना कर्मचारी कार्यरत रहेका छन ।
दुर्गापुर सेवा केन्द्रको प्रतिनिधि छनौट कार्याक्रममा लेखा समिति संयोजक युवराज निरौला, सल्लाहकार संयोजक सावित्रा कुमारी लिम्बु, संचालकहरु चिजा राई, उमा राई, नवराज कडरिया, लक्ष्मीप्रसाद घिमिरे, यज्ञप्रसाद मिश्र लगायतको सहभागिता रहेको थियो । दुर्गापुर सेवा केन्द्रकी प्रमुख कल्पना कोइरालाले स्वागत गरेको कार्यक्रममा संचालन संस्थाका सचिव सुर्यकुमार खतिवडाले गरेका थिए ।
सोही साधरणसभाबाट दुर्गापुर सेवा केन्द्रबाट बबिता मिश्र, विद्या निरौला, प्राप्ति राय, रेनुका दाहाल, कमलादुलाल, डिल्लीमाया नेपाल, केशबहादुर श्रेष्ठ, कमलादेवि घिमिरे, मेनुका उप्रेती, गिता दर्जी, पुष्पलाल खतिवडा, डल्ली तामाङ्ग, जनिता ल्वागुन, निर्मला घिमिरे, हिरा पौडेल, भक्तबहादुर बयलकोटी, सरिता अधिकारी, संजय चौधरी, हरिमाया बस्नेत, पवित्रा पौडेल, भक्तिमाया खत्री, अम्बिका कार्की, मिना घिमिरे, जानुका बराल, लीलावल्लभ सापकोटा, देविमाया उप्रेती, गिता बास्कोटा, मन्जु खतिवडा, रुपा पौडेल, खिनमाया भुजेल, कुमारी भुजेल लगायतलाई दुर्गापुर सेवा केन्द्रका लागि साधरणसभाको छनौट गरेको छ । संस्थाको १० औ बार्षिक साधरणसभा आगामी असोज ११ गते बिर्तामोडस्थित अग्रसेन भवनमा हुने अध्यक्ष सुब्रत न्यौपानले जानकारी दिए ।