बैशाख १४, २०८१ शुक्रबार

अर्जुनधाराको एकता चोकमा सामुहिक दुर्गा पूजाको तयारी

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका – ४ र ७ संयुक्त नव युवा क्लबले मिलडाँडास्थित एकता चोकमा सामुहिक दुर्गा पूजाको तयारी गरेको छ । क्लबको नवौं बार्षिक अनुष्ठानको रुपमा रहेको सामुहिक दुर्गा पूजा तयारी गरिएको हो ।

क्लबले दुर्गा पूजा भव्य रुपमा सम्पन्न गर्नका लागि क्लबका सल्लाहकार तुलसी श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय दुर्गा पूजा आयोजक मुल समिति गठन गरेको छ । त्यस्तै अनुष्ठानलाई सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको छ । देवका न्यौपानेको संयोजकत्वमा भजन – किर्तन समिति , मदन भट्टराईको संयोजकत्वमा आर्थिक व्यवस्थापन तथा गल्ला परिचालन समिति ,खगेन्द्र अधिकारीको संयोजकत्वमा मण्डप तथा साउण्ड व्यवस्थापन समिति, राजेन्द्र शाहको संयोजकत्वमा सामग्री खरिद तथा व्यवस्थापन समिति ,कञ्चन चौधरीको संयोजकत्वमा पुजा – आराधना समिति र कमल मगरको संयोजकत्वमा स्वयंसेवक तथा सुरक्षा समिति गरेको छ ।

पूजा कार्यक्रममा दैनिक रुद्री चण्डी पाठ पारायण , सन्ध्याकालिन भजन किर्तन तथा पण्डितहरुबाट धार्मिक प्रवचन, जमरा राख्ने , फुलपाति भित्र्याउने , लक्ष्यवर्ती दिप प्रज्वलन, ज्येष्ठ नागरिक र एसईई उत्कृष्ट विद्यार्थीलाई सम्मान, नौ कन्या पुजन, भजन तथा नृत्य प्रतियोगिता गरिने क्लबका अध्यक्ष देवेन्द्र मैनालीले जानकारी दिए । दुर्गा पुजा सम्पन्न गर्न १ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अध्यक्ष मैनालीले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन ८, २०७९ शनिबार  ७ : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]