जेष्ठ ४, २०८१ शुक्रबार

दशैंको पूर्वसन्ध्यामा सहाराले दियो शेयर सदस्यलाई करिव १ करोड

बिर्तामोड । सहारा नेपालले जिल्लाभर सेवा केन्द्र मार्फत सामाजिक सुरक्षा कायृक्रम अन्तर्गत करिव १ करोड वितरण गरेको छ । शनिवार संस्थाले एक हजार ५४ जना सदस्यलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत ९८ लाख ९० हजार रुपैयाँ वितरण हो ।

सहाराले लक्ष्मीपुर, धुलावारी, बिर्तामोड, शनिश्चरे, चारपाने, सुरुङ्गा, शिवगञ्ज, चन्द्रगढी, दुधे र दमक सेवा केन्द्रबाट सामाजिक सुरक्षा रकम वितरण गरेको थियो ।
मेचीनगरमा विभिन्न उमेर समूहका ज्येष्ठ सदस्यहरुलाई एकमुष्ठ रुपमा ६ हजारदेखि २५ हजार रुपैयाँका दरले सामाजिक सुरक्षा सुविधा भत्ता वितरण गरिएको छ ।

एकल महिला तथा पुरुष दुबैले वार्षिक रुपमा सहारा नेपालबाट भत्ता पाउने गरेका छन् । महिला एकलले ८ हजार र पुरुषले ६ हजार रुपैयाँ पाउने गरेका छन् । परिवार राहत अन्तर्गत मेचीनगर वडा नं. ११ का तकदिर प्रसाईलाई एक लाख रुपैयाँ प्रदान गरिएको छ । प्रसाईकी पत्नी मञ्जुको क्यान्सरबाट मृत्यु भएको थियो ।
यसैगरी, ८६ वर्षभन्दा माथिका भीमप्रसाद दाहाल र डिकुरादेबी दाहालले दीर्घायू सम्मान अन्तर्गत जनही २५ हजार रुपैयाँ सहाराबाट पाएका छन् ।

यस्तै लक्ष्मीपुर, घैलाडुब्वा, राजगढ र दुर्गापुर सेवा केन्द्रले कनकाई नगरपालिकास्थित लक्ष्मीपुरमा संयुक्त कार्यक्रमको आयोजना ९३ जनालाई सामाजिक सुरक्षाको रकम बितरण गरेको हो ।

लक्ष्मीपुरमा भएको सामाजिक सुरक्षा वितरण कार्यक्रममा ६० जना एकल महिला प्रोत्साहन, एकल पुरुष सम्मान ५८ बर्ष पूरा भएका ६ जना, जेष्ठ सदस्य पोषण सम्मान ६५ बर्ष पूरा भएका १६ जना, जेष्ठ नागरिक सदस्य सम्मान ७० बर्ष पूरा भएका ५ जना, असक्त अपाङ सम्मान २ जना, बृद्ध सदस्य सम्मान ८० बर्ष पूरा भएका १ जना र परिवार राहत अन्तरगत एकजना मृतक सदस्यको परिवारलाई तीन लाख र जिवीत ७५ बर्ष पूरा भएका २ जना सदस्यलाई एक–एक लाख रुपैयाँका दरले सामाजिक सुरक्षा रकम वितरण गरिएको छ ।

एकल महिला प्रोत्साहन ७१० जनालाई ५६ लाख ८० हजार, जेष्ठ सदस्य पोषण सम्मान ६५ वर्ष पुरा भएका १९४ जनालाई ११ लाख ६४ हजार, जेष्ठ नागरिक सदस्य सम्मान (७० वर्ष पुरा भएका) ९३ जनालाई ७ लाख ४४ हजार, बृद्ध सदस्य सम्मान (८० वर्ष पुरा भएका) ९ जनालाई ९० हजार, एकल पुरुष सम्मान (५८ वर्ष पुरा भएका) १७ जना १ लाख २ हजार, असक्त अपाङ्ग सम्मान १५ जना १ लाख ५० हजार दीर्घायु सदस्य सम्मान ४ जना (८५ वर्ष पुरा गरेका) १ लाख, परिवार राहत (सदस्यको मृत्यु भएमा वा सदस्य ७५ पूरा भएका ) १२ जनालाई १५ लाख ६० हजार रुपैयाँ प्रदान गरिएको कार्यकारी प्रमुख मेहन्द्र गिरीले जानकारी दिए ।

सहारा ०७९ भाद्र मसान्तसम्म शेयर पुँजी १ अर्व ६३ करोड १८ लाख ९१ हजार ८००, साधारण जगेडा कोष १ अर्व ११ करोड १९ लाख ८२ हजार ९५८, कुल बचत ९ अर्व ९६ करोड ३५ लाख २२ हजार ४६७, लगानीमा रहेको ऋण १२ अर्व ८४ करोड ३४ लाख ४१ हजार ३७८ रुपैयाँ, सदस्य संख्या १ लाख ६० हजार २५ जना, ऋणी संख्या ८७ हजार ७० जना, कर्मचारी संख्या ५२० र बैंक तथा नगद मौज्दात १ अर्व ६३ करोड ०७ लाख ४४ हजार ८१६ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : आश्विन ९, २०७९ आईतबार  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]