जेष्ठ ४, २०८१ शुक्रबार

सीए सुशीलकुमार सम्मानित

रोहित काफ्ले
भद्रपुर । झापाका अग्रज चार्टर्ड एकाउन्टेन्ट सुशीलकुमार अग्रवाल सम्मानित भएका छन् । अग्रवालले नै स्थापना गरेको एस के अग्रवाल एण्ड कम्पनीको २५ औं वार्षिकोत्सवको अवसरमा भद्रपुर मारवाडी संघ र भद्रपुर मारवाडी युवा मञ्चले उनलाई बिहीबार संयुक्त रुपमा सम्मान गरेको हो ।

कम्पनीले २५ औं वर्षगाँठको अवसरमा विर्तामोडको सिटी सेन्टरमा आयोजना गरेको विशेष समारोहका बीच भद्रपुर मारवाडी संघका अध्यक्ष अजय साहेवालालगायत संघमा आबद्ध पदाधिकारी–सदस्य एवम युवा मञ्चमा आबद्ध पदाधिकारी–सदस्यले अग्रवाललाई सम्मानपत्र हस्तान्तरण गरेका थिए । अग्रवाल नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ झापाका अध्यक्ष पनि हुन् ।

चार्टर एकाउण्ट अध्ययन गरी सफलता हासिल गरेको र समाजलाई योगदान पुर्याएकोमा अग्रवाललाई सम्मान गरिएको संघका अध्यक्ष साहेवालाले बताए । समारोहमा केक काटेर कम्पनीको २५ औं वार्षिकोत्सव मनाइएको थियो । समारोहमा जिल्लाका सबै क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो ।

प्रकाशित मिति : आश्विन १३, २०७९ बिहीबार  ६ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]