बैशाख १२, २०८१ बुधबार

सीतारमेश क्याम्पसलाई ३ लाखको अक्षयकोष

बुधबारे । बुद्धशान्ति गाउँपालिकामा स्नातक तहसम्म अध्यापन हुने एक मात्र सीतारमेश बहुमखी क्याम्पसलाई ३ लाख सहयोग प्राप्त भएको छ । बुद्धशान्ति –४ स्थित बर्नेका खुरहरि निरौलाले क्याम्पसको विकास अक्षयकोषमा ३ लाख सहयोग गरेका हुन् ।

सामाजिक क्षेत्रमा सक्रिय देखिने खुरहरिले क्याम्पसको विकास, विस्तार र प्रवद्र्धनका लागि आफूँले सकेको सहयोग गरेको बताएका छन् । यता क्याम्पस प्रमुख केशव ढुंगेलले उनीप्रति आभार प्रकट गरे ।

बुद्धशान्ति लगायत यहाँबाट नजिक पर्ने आर्थिक अवस्थामा कमजोर भएका अन्य पालिकाका विद्यार्थीहरु समेत स्नातक अध्ययनका लागि आउने भएकोले क्याम्पस संचालनका लागि सहज बनाउन आर्थिक सहयोग गरेकोमा उनले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : आश्विन १६, २०७९ आईतबार  ८ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]