बैशाख ८, २०८१ शनिबार

दुर्गा प्रसाईद्वारा हल्दिवारीमा दुर्गा माताको प्रतिस्थापन

बिर्तामोड । बिएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले झापाको हल्दिवारी– ४ स्थित पाथीभरा सिद्धकाली पर्यटकीय परिषरमा दुर्गा भवानीको मुर्ति प्रतिस्थापन गरेका छन् । आज बाजागाजा सहित मन्दिर पुगेका प्रसाईले धार्मिक एवम् पर्यकटीय क्षेत्रको विकासमा सानो सहयोग गरेको बताएका छन् ।

पाटन औधोगिक पार्कबाट ल्याइएको दुर्गा माताको मुर्ति बिर्तामोड क्षेत्रमा परिक्रमा गरेर मन्दिर स्थल लगिएको थियो । फुलपातीको साइत पारेर मुर्ति प्रतिस्थापन गरिएको विएण्डसीमा जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

यसअघि प्रसाईले इलामको पाथीभरा, चारआलीस्थित पाउँ पाथीभरामा दुर्गा माताको प्रतिस्थापन गरेका थिए । अर्जुनधाराको भाङवारीस्थित विन्दावासिनीमा योगमायाको मुर्ति प्रतिस्थापन गरिसकेका प्रसाईले चौथो पटक हल्दिवारी पुगेका हुन् । उनले विकासमा सहयोग गर्न धार्मिक र पर्यटकीय क्षेत्र महत्वपूर्ण हुने भन्दै दुर्गा माताको मुर्ति प्रतिस्थापन गरेको जानकारी दिए ।

विकासका लागि मन्त्री सांसद नै बन्नु नपर्ने भन्दै प्रसाईले झापा क्षेत्र नं. ३ का जनताको सुख दुःखमा साथ दिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । प्रसाईको प्रमुख आतिथ्यतामा भएको मुर्ति प्रतिस्थापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेन, अस्पतालको अध्यक्ष इन्दिरा गिरी लगायतको उपस्थितिमा रहेको थियो ।

प्रकाशित मिति : आश्विन १६, २०७९ आईतबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]