चैत्र ६, २०८० मंगलबार

मागेरै सहारा विहीनलाई भोजन

कनकाई । दान मागेर सहारा विहीनको भोजन गराईरहेका छत्र गिरीलाई सहयोग जुट्न थालेको छ । उनले माता तिर्थ औंसीका दिन आज ३० जना सहारा विहीन आमाबुबालाई विहानको खाना खुवाएका छन् ।
गत चैत ३० गतेदेखि उनले कनकाई माईको किनारमा भिक्षा मागेर बस्ने बृद्धबृद्धालाई दैनिक भोजन गराइरहेका छन् । ११ वर्षदेखि कनकाई माई कोटीहवनमा बसिरहेका उनले डेढ महिनादेखि बेसहारा जीवन विताइरहेकालाई भोजन गराई रहेको जानकारी दिए ।
गिरी आफै साधु हुन् । उनले सहयोग जुटाएर मानव सेवा शुरु गरेको जानकारी दिए । कनकाई किनार मै बसिरहेका उनी सामान्य छाप्रोमा बसिररहेका छन् । हरेक दिन किनारमा भिक्षा मागेर बस्नेहरुको भोजन टुङ्गो नभएपछि उनले त्यसको व्यवस्था गरेको जानकारी दिए ।
धर्मकर्ममा मानव सेवा नै पहिलो कुरा भएको बताउँने गिरीले सबैको सहयोग भए कसैले भोकै बस्नु नपर्ने बताए ।
यो पवित्र किनारमा सबैले धर्म गर्नुहोस्, गिरीले भने – भोकै बसेका बृद्धबृद्धाले पेटभरी खान पाउन थालेका छन् । तपाईहरु सबेको सहयोग आवश्यक छ ।


आज शनिवार काठमाडौंका प्रेम शाही श्रेष्ठले खाद्यान्न सहयोग गरेको जानकारी दिए । कनकाईबासी शिक्षक राम बहादुर भुजेलले एक बोरा चामल सहित आवश्यक सामग्री उपलब्ध गराएका छन् । यस्तै कोटीहवनका डिल्लीराम मिश्रले सागसब्जी, चामल १२ केजी र नगद सहयोग गरेका थिए । संयोजनमा गिरीलाई रंगेलीका अर्का साधु रामु शर्माले साथ दिएका छन् । खाद्यान्न जुटाएपछि पकाउन माता निर्मला सुवेदी (राधा) ले सहयोग गरेकी छन् । खाना खान पाएपछि बेसहाराहरुले खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार  १ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]