जेष्ठ ६, २०८१ आईतबार

तत्कालिन प्रअ गुप्ताको पलायनपछि लक्ष्मी माविमा मतदान हुँदै

बिर्तामोड । चार वर्षपछि लक्ष्मी माविमा व्यवस्थापन समितिका लागि निर्वाचन भइरहेको छ । अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविलाई तत्कालिन प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ता र सहायक प्रधानाध्यापक घनश्याम डाँगीले विधालयमा व्यवस्थापन समिति बन्न नदिएको आरोप थियो । अभिभावक र सरोकारवालाले दुवै जनालाई अस्वीकार गरेपछि उनीहरु विधालय छोडेका अन्यत्रै गइसकेका छन् ।

व्यवस्थापन समितिका लागि निर्वाचन शुरु भएको स्थानीय शिक्षासेवी रमेश काफ्लेले जानकारी दिए । उनका अनुसार विधालयमा लामो समयदेखि अभाव रहेको व्यवस्थापन समिति बन्ने निश्चित भएको छ । आज विहान ८ बजेबाट शुरु भएको निर्वाचन २ बजेसम्म चल्ने विधालय व्यवस्थापन छनोट सहयोग समितिका संयोजक चुडामणी निरौलाले जानकारी दिए । उनले आजै मत गणना समेत सम्पन्न गरिने बताए । ४ सय ८२ जना अभिभावकले ४ जना सदस्यका लागि मतदान गरिरहेका छन् । शिक्षा ऐन २०२८ को दफा १२ को उपदफा १ को (क) बमोजिम कम्तिमा २ महिला सहित ४ जना सदस्यका लागि निर्वाचन गर्ने व्यवस्था रहेको निरौलाले जानकारी दिएका छन् ।

४ जना सदस्यका लागि ८ जनाले उम्मेद्वारी दिएका छन् । उम्मेद्वारी दिनेमा खुल्ला तर्फ राम घिमिरे, कृष्ण बहादुर राई, राधिका बस्नेत, र चन्द्र कुमार पौडेल रेहका छन् । यस्तै, महिला तर्फ छाँया तिम्सिना, उषा उप्रेती, मीना कुमारी थपलिया र हिरा पुरी रहेका छन् । निर्वाचित ४ सहित वडाबाट १ जना जनप्रतिनिधि पदेन सदस्य , प्रधानाध्यापक–१ सदस्य सचिव र शिक्षक प्रतिनिधि – १ गरी समिति बन्नेछ । सो ७ सदस्यीय समितिले विधालयको चन्दादाता , समाजसेवी र शिक्षासेवीबाट २ जना मनोनित गर्ने बताइएको छ । ९ जनामा पदेन सदस्य र शिक्षक प्रतिनिधि बाहेकमध्येबाट १ जना अध्यक्ष हुनेछन् ।

लामो समयदेखि विवादमा रहेको सो विधालय तत्कालिन प्रअ गुप्ता र सहायक प्रअ डाँगीको विदाईपछि विधालयमा विवादरहीत वातावरण बन्दै गएको बताइएको छ । उनै गुप्ताका कारण ४ वर्षसम्म विधालय नेतृत्व बिहीन भएको थियो । अभिभावकले चाहेर पनि समिति बनाउँन नपाएको भन्दै अहिले व्यवस्थापन समितिको लागि मतदान गर्न पाउँदा अभिभावकले खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार  ११ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]