बैशाख २०, २०८१ बिहीबार

झापाको सिम्रिक : सदस्यको सुविधा बढाउँदै

बिर्तामोड । झापा बिर्तामोडको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८-२०७९ मा ५ करोड १६ हजार १ सय ६२ रुपैंया नाफा आर्जन गरेको छ । शनिबार विर्तामोडमा आयोजित १२ औं वार्षिक साधारणसभाका अवसरमा सो जानकारी दिइएको हो । संस्थाले सो भन्दा अघिल्लो आर्थिक बर्षमा २ करोड १५ लाख २३ हजार ३ सय ५१ रुपैंया नाफा गरेको थियो ।

वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष सुवास भट्टराईले चालु आर्थिक वर्ष २०७९-०८० मा ७ करोड ७६ लाख ९४ हजार २ सय ४१ रुपैंया आम्दानी गर्ने लक्ष्य राखिएको जानकारी दिए । सिम्रिकले विभिन्न परिस्थितिमा आफ्ना सदस्यलाई राहत उपलब्ध पनि गराएको छ । सदस्यको स्वास्थ्य उपचार र मृत्युमा संस्थाले राहत उपलब्ध गराएको हो ।

संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतका अनुसार यस आर्थिक वर्षमा संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै कर्जा मिनाह, स्वास्थ्य उपाचार, मृत्यु राहत, प्राकृतिक प्रकोप लगायतका सदस्य राहत सेवा सुविधा अन्तरगर्त १ करोड ४२ लाख ३८ हजार २ सय १५ प्रदान गरिएको छ । त्यस्तै काजक्रिया तथा मानोचामल खर्चमा ४४ लाख ६ हजार १ सय ४५ सदस्यलाई उपलब्ध गराइएको तथा सुत्केरी स्वास्थ्य सुविधामा २९ लाख ४२ हजार २ सय र चन्दा दानमा ५ लाख ८ हजार ८ सय ८८ गरी १ करोड ८१ लख ३५ लाख ४ सय ४८ रुपैंया सदस्यलाई उपलब्ध गराएको छ ।

सिम्रिकका सदस्यलाई स्वास्थ्य राहत सुविधामा बृद्धि
त्यस्तै संस्थाले सदस्यहरुको सेवा सुविधालाई पनि ध्यानमा राखेर चालु आर्थिक बर्षकालागि महत्वपूर्ण योजनाहरु अघि सारेको छ ।
संस्थाले जटिल प्रकृतिका (प्राणघातक) रोग लागेका सदस्यलाई उपलब्ध गराउंदै आएको राहत सुविधालाई २५ हजारबाट बृद्धि गरी १ लाख पु¥याउने निर्णय गरेको संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले बताए ।
साथै उनका अनुसार संस्थाले अस्पताल बेड भर्ना भई बसेका सामान्य अवस्थाका सदस्यलाई उपलब्ध गराउंदै आएको १० हजार रकमलाई बृद्धि गरि ५० हजार उपलब्ध गराउने छ ।

त्यस्तै संस्थाले सदस्यलाई उपलब्ध गराउंदै आएको बिभिन्न प्रकारका शल्क्रिया खर्च राहत सुविधा ५ हजारबाट बृद्धि गरी ५० हजार पु¥याएको छ ।

त्यस्तै संस्थाले शेयर सदस्यहरुको व्यवसायिक क्षमता अभिबृद्धिका लागि बिभिन्न व्यवसायीक तालिम उपलब्ध गराउने, जेष्ठ नागरिक शेयर सदस्यको लागि तीर्थ भ्रमण कार्यक्रमको आयोजना गरिने, सदस्यहरुको व्यापार तथा व्यवसायलाई प्रबद्र्धन गर्न कार्ययोजना बनाइने लगायतका कार्यक्रम अघि सारिएको छ । साथै सोहि कार्यक्रममा स्वेच्छिक अवकाश लिएका ३ जना कर्मचारीलाई प्रोत्साहन रकम प्रदान गरिएको थियो । १ जनालाई नगद २ लाख र दुई जनालाई जनही १ लाख ७५ हजार रुपैंयाको दरले रकम प्रदान गरिएको हो ।

साधारणसभामा प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईले शुभकामना मन्तव्य राख्दै संस्थाले छोटो समयमा निकै ठूलो प्रगति गरेको बताइन् । साथै उनले संस्थाले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै गरेको योगदानको समेत प्रशंसा गरिन् ।

यसैगरी कार्यक्रममा झापा जिल्ला सहकारी संघका सचिव भवानीप्रसाद दङ्गाल, राष्ट्रिय सहकारी बैंक बिर्तामोड शाखा प्रमुख विवेक डांगी, बिर्तामोड नगरपालिकाको सहकारी अधिकृत डिल्ली दाहाल लगायतले सहकारीलाई उत्पादनसँग जोडेर व्यावसायिक बन्न आवश्यक भइसकेको बताउंदै सोहि अनुसार काम गर्न सक्नु पर्ने धारणा राखेका थिए ।

हाल संस्थाले झापा, मोरङ र इलाममा कुल ४७ वटा सेवा केन्द्रहरु मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा पुर्याउँदै आईरहेको छ भने हालसम्म यस सहकारीमा ५१ हजार ४ सय ३६ जना शेयर सदस्य रहेका छन् ।

त्यस्तै संस्थाको शेयरपुँजी ३१ करोड ८३ लाख ९८ हजार ८००, बचत रहेको रकम १ अर्व १३ करोड ४३ लाख ६० हजार ७७८ रुपैयाँ ५३ पैसा, कर्जा लगानी तथा असुली २ अर्व १६ करोड २८ लाख ६८ हजार ३५०, जगेडा तथा अन्य कोषहरु १६ करोड ४२ लाख ५६२ रुपैयाँ २ पैसा रहेको छ ।

संस्थाका बिभागिय प्रमुख प्रेम बस्नेत ( बिजय) ले सञ्चालन गरेको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कमल बस्नेतले स्वागत तथा औचित्माथि प्रकाश पारेका थिए ।

प्रकाशित मिति : आश्विन २९, २०७९ शनिबार  ८ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]