जेष्ठ ६, २०८१ आईतबार

चार वर्षपछि लक्ष्मी माविले पायो नेतृत्व

बिर्तामोड । लक्ष्मी माविको व्यवस्थापन समितिका लागि शनिवार भएको निर्वाचनमा राम घिमिरे, कृष्ण बहादुर राई, छाँया तिम्सिना र उषा उप्रेती बिजयी भएका छन् ।

चार सदस्यका लागि भएको निर्वाचनमा उनीहरु सहित राधिका बस्नेत, चन्द्र कुमार पौडेल,मीना कुमारी थपलिया र हिमा पुरी उम्मेद्वार थिए । अजुनधारा–६ का वडाध्यक्ष लोकनाथ गौतमका अनुसार घिमिरेले १४४, राईले १५३, तिम्सिनाले १५१, उप्रेतीले १५५, बस्नेतले ६६, पौडेलले ७३, थपलियाले ६३ र पुरीले ६९ मत प्राप्त गरेका छन् । जम्मा २ सय ३५ मत खसेकोमा ११ म तबदर भएको थियो ।

तत्कालिन प्रधानाध्यापक विरेन्द्र गुप्ता र सहायक प्रधानाध्यापक घनश्याम डाँगीका कारण बन्न नसकेको विधालय व्यवस्थापन समिति उनीहरुले विधालय छोडेसँगै निर्वाचन सम्पन्न भएको हो । बिधालय चार वर्ष व्यवस्थापन समिति बिहीन भएको थियो ।
अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविलाई तत्कालिन प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ता र सहायक प्रधानाध्यापक घनश्याम डाँगीले विधालयमा व्यवस्थापन समिति बन्न नदिएको आरोप लागेको थियो । अभिभावक र सरोकारवालाले दुवै जनालाई अस्वीकार गरेपछि उनीहरु विधालय छोडेर अन्यत्रै गइसकेका छन् ।

शनिवार विहान ८ बजेबाट शुरु भएको निर्वाचन २ बजेसम्म चलेको थियो । विधालय व्यवस्थापन छनोट सहयोग समितिका संयोजक चुडामणी निरौलाले शिक्षा ऐन २०२८ को दफा १२ को उपदफा १ को (क) बमोजिम कम्तिमा २ महिला सहित ४ जना सदस्यका लागि निर्वाचन गर्ने व्यवस्था रहेको जानकारी दिए ।
४ जना सदस्यका लागि ८ जनाले उम्मेद्वारी दिएका थिए । निर्वाचित ४ सहित वडाबाट १ जना जनप्रतिनिधि पदेन सदस्य , प्रधानाध्यापक–१ सदस्य सचिव र शिक्षक प्रतिनिधि – १ गरी समिति बन्नेछ । सो ७ सदस्यीय समितिले विधालयको चन्दादाता , समाजसेवी र शिक्षासेवीबाट २ जना मनोनित गर्ने बताइएको छ । ९ जनामा पदेन सदस्य र शिक्षक प्रतिनिधि बाहेकमध्येबाट १ जना अध्यक्ष हुनेछन् ।

लामो समयदेखि विवादमा रहेको सो विधालय तत्कालिन प्रअ गुप्ता र सहायक प्रअ डाँगीको विदाईपछि विधालयमा विवादरहीत वातावरण बन्दै गएको बताइएको छ । उनै गुप्ताका कारण ४ वर्षसम्म विधालय नेतृत्व बिहीन भएको थियो । अभिभावकले चाहेर पनि समिति बनाउँन नपाएको भन्दै अहिले व्यवस्थापन समितिको लागि मतदान गर्न पाउँदा अभिभावकले खुशी व्यक्त गरेका छन् ।

लामो समयदेखि विधालय अभिभावक बिहीन भएको थियो, स्थानीय शिक्षासेवी रमेश काफ्लेले भने – अब विधालयको सबै जटिल समस्याहरु समाधान हुने बाटो खुलेको छ । उनका अनुसार विधालयलाई अघि बढाउन अभिभावकले सक्षम नेतृत्व छनोट गरेका छन् ।

प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]