बैशाख २०, २०८१ बिहीबार

विराट बहुउद्देश्यीयको फार्मेसी सञ्चालन योजना

बिर्तामोड । झापाको बिर्तामोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विराट फार्मेसी सञ्चालनको योजना अघि सारेको छ । आफ्ना सदस्यहरु थप सेवा प्रदान गर्ने उद्देश्यले फार्मेसी सञ्चालनको योजना अघि बढाएको हो । सहुलियत दरमा औषधि विक्रि वितरण गर्ने संस्थाको योजना छ ।

संस्थाको १७ औं वार्षिक सभाको पूर्व सन्ध्यामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका अध्यक्ष मोहन सिवाकोटीले प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएका हुन् । उनका अनुसार संस्थाको शेयर पूँजी ६ करोड ७२ लाख ३१ हजार ९०० रुपैयाँ पुगेको छ । पत्रकार सम्मेलन मार्फत संस्थाका गतिविधि र आगमी योजना बारे जानकारी दिइएको थियो ।

संस्थाले गत वर्ष १ करोड ५४ लाख ६३ हजार २६५ रुपैयाँ जगेडा कोषमा रकम जम्मा गरेको थियो । यो वर्ष १ करोड ७५ लाख ९९१ रुपैयाँ जगेडा कोषमा राख्न सफल भएको अध्यक्ष सिवाकोटीको भनाई छ ।

सहकारीले सदस्य स्वास्थ्य उपचार सहयोग कोष मार्फत ५० जना सदस्यको स्वास्थ्य उपचारमा ८ लाख १९ हजार ५०० रुपैयाँ सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै ११ जना सुत्केरी पोषण खर्च वापत ५५ हजार ५५ रुपैयाँ, दुई जना सदस्यको मृत्यु भएपछि सदस्य काजकिरिया खर्च वापत ४० हजार १० रुपैयाँ सहयोग प्रदान गरेको छ ।

सहकारीले काजकिरिया खर्च बापत २९ जनालाई ३ लाख १२५ रुपैयाँ र सामाजिक उत्तरदायित्व अन्तरगत ४६ हजार ५०० रुपैयाँ सहयोग प्रदान गरेको जनाएको छ ।

सबै सदस्यको पहुँचमा सेवा पुर्याउनका लागि सुलभ सहकारी पसल, प्रविधिमैत्री डिजिटल भुक्तानी, मोबाइल बैंकिङ, एसएमएस, क्यू आर कोड सेवा बिस्तार गरिने संस्थाको लक्ष्य रहेको सञ्चालकहरुको भनाई छ । संस्थाले साधारणसभाको अवसरमा विधिन्न विधामा पुरस्कृत समेत गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : कार्तिक ३, २०७९ बिहीबार  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]