बैशाख १३, २०८१ बिहीबार

सामुदायिक भवन निर्माणार्थ सामुहिक देउसीभैलो

इन्द्रकुमार राई
शनिश्चरे । अर्जुनधारा नगरपालिका ४ र ७ संयुक्त नव युवा क्लबले शुभदिपावली तथा छठ पर्वको अवसर पारेर मिलडाँडा एकता चोकमा सामुहिक देउसी–भैलो एवं साँस्कृतिक कार्यक्रम गरेको छ । क्लबले कला संस्कृतिको जगेर्ना गर्दै स्थानीय कलाकारलाई प्रोत्साहन दिन र सामुदायिक भवन निर्माणका लागि सहयोगार्थ सामुहिक देउसी –भैलो एवं साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

अर्जुनधारा नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि बलदेवसिंह गोम्देनले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा सूर्यज्योति आवासीय अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थी अपेक्षा बुढाथोकी र साथीहरूले देउसी –भैलो सम्बन्धी मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै सृजना बाल युवा क्लबकी सालनानी दियाली ,आयोजक स्थानीय कलाकारहरु सुवेरिका बराल, जुनु पौडेल, सलिना निरौला ,आइस्मा न्यौपाने लगायतले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी डि.वल्र्ड डान्स सेन्टर खुदुनाबारीका कलाकारहरुले नृत्य प्रस्तुत गरेका छन् । गायन तर्फ स्थानीय कलाकार विवेक दनुवार, बाल कलाकार आकृति बिष्टले गीत प्रस्तुत गरिन् ।

सो अवसरमा अर्जुनधारा नगरपालिका– ४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवालले सामुदायिक भवन निर्माणका लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

कार्यक्रममा ७० हजार रुपैयाँ आर्थिक संकलन गरिएको क्लबका देवेन्द्र मैनालीले जानकारी दिए । अध्यक्ष मैनालीको सभापतित्व र सचिव दिनेश भुजेलको सञ्चालन रहेको कार्यक्रममा प्रमुख अतिथि गोम्देन, अर्जुनधारा नगरपालिकाका सामाजिक बिकास समितिका संयोजक भोला परियार, सामुदायिक भवन निर्माण समिति संयोजक केदारनाथ पराजुली, क्लबका सल्लाहकार सदस्य तुलसी श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : कार्तिक १३, २०७९ आईतबार  ८ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]