बैशाख ४, २०८१ मंगलबार

अर्जुनधारामा सामुहिक देउसीभैलोसहित सांस्कृति कार्यक्रम

इन्द्रकुमार राई
शनिश्चरे । नेपालीहरुको महान चाड शुभदिपावी तथा छठ पर्वको अवसरमा अर्जुनधारा नगरपालिका –७ ज्योति बस्ती स्थित सिर्जना बाल युवा क्लबले शनिबार बेलुकी सामुहिक देउसीभैलोसहित नृत्य प्रस्तुत गरेको छ ।

सीप कला, संस्कृति हाम्रो पहिचान ,सभ्य समाज सिर्जना हाम्रो अभियान भन्ने मुख्य नाराका साथ बालबालिकाहरुको प्रतिभा बिकास गराउन र दुव्र्यसनबाट जोगाउने उद्देश्य राखी कार्यक्रमको आयोजना गरिएको हो ।

अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा क्लबकी सल्लाहकार सदस्य सिता भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा क्लबका कलाकार सिर्जना बस्नेत र साथीहरूले मनोरञ्जनात्मक चण्डी नाच प्रस्तुत गरेका थिए । सूर्य ज्योति आवासीय अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुले हाम्रो अर्जुनधारा नगर भन्ने गीत बोलमा नृत्य प्रस्तुत गरेका थिए ।

गायन तर्फ स्थानीय कलाकार सपन लम्साल लगायतले विविध गीत प्रस्तुत गरेका थिए । क्लबकी अध्यक्ष शर्मिला न्यौपानेको सभापतित्व र दिपक ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि गोम्देनले शुभकामना मन्तव्य राख्दै बालबालिकाले आफ्नो लुकेको प्रतिभा यसरी देखाउँदा प्रोत्साहन गरेमा नाानीहरु भोलि राष्ट्रिय कलाकार बन्न सक्ने बताएका छन् । उनले कलालाई व्यवसायको संज्ञा दिए । सबै बालबालिकाहरु पढेर भविष्यमा डाक्टर र इन्जिनियर बन्लान् भन्ने छैनन् । कलाकार बनेर पनि जीविकोपार्जन गर्न सक्ने विश्वास गरे । यस नगरक्षेत्रमा रहेको एक मात्र सिर्जना बाल युवा क्लब भएको हुँदा क्लबको विकासका लागि गोम्देनले आफ्नो एक महिनाको पारिश्रमिक क्लबलाई दिएर सहयोग गर्ने प्रतिबद्धता समेत गरे । त्यस्तै समाजसेवी केदारनाथ पराजुलीले बालबालिका भविष्यका कर्णधार हुन् भन्दै उनीहरुलाई दुव्र्यसनमा फस्न नदिनका लागि शनिबार एक दिन पारेर क्लबको कार्यालयमा दुव्र्यसन न्यूनीकरण बारे छलफल गरिने अवगत गराए । उक्त कार्यक्रममा शनिश्चरे प्रहरी चौकीका प्रमुख रबि राईलाई सहभागी हुन् आग्रह गरे ।

कार्यक्रममा अर्जुनधारा नगरपालिका – ४ का वडा अध्यक्ष अम्बर बहादुर कटुवाल , वडा नम्बर – ७ का वडा सदस्य देवकुमार राई ,क्लबका सहसचिव आदर्श पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा अर्जुनधारा नगरपालिका – ५ स्थित दैवीप्रकोप व्यवस्थापन समिति ( डिएमसी ) बाट नगद ५ हजार रुपैयाँ क्लबलाई सहयोग स्वरुप प्रदान गरिएको थियो । कार्यक्रमबाट नगद ६० हजार रुपैयाँ बढी संकलन गरिएको क्लबका कोषाध्यक्ष नारायण चौधरीले जानकारी दिए । चौधरी अनुसार बालबालिकाको प्रतिभा विकास गराउन महिनाको प्रत्येक शनिबार कार्यालयमा आयोजित हाजिरीजवाफ ,वक्तृत्यकला , नृत्य तथा गायन प्रतियोगिता कार्यक्रम गरिनेछ ।

प्रकाशित मिति : कार्तिक १४, २०७९ सोमबार  ६ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]