बैशाख १५, २०८१ शनिबार

कनकाई नगरपालिकाद्वारा विद्युतीय सवारी खरिद

चन्द्र बस्नेत
सुरुङ्गा । झापाको कनकाई नगरपालिकाले दुई थान बिद्युतीय दुई पाङ्ग्रे सवारी साधन खरिद गरेको छ । पेट्रोलिय पदार्थको खपत कम गर्ने उद्देश्यले विद्युतीय सवारी खरिद गरिएको हो ।

राम्रो कामको सुरुवात आफैँबाट गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कनकाई नगरपालिकाले बिद्युतीय एक÷एक थान मोटरसाइकल र स्कुटर खरिद गरेको हो ।

हाल विद्युत उत्पादनमा नेपाल आत्मर्निभर भए पनि विद्युतीय सवारी प्रयागमा आकर्षण बढ्न सकिरहेको छैन । जसका कारण इन्धनको आयात बढिरहेको छ ।

आफ्नै देशको ऊर्जालाई प्रयोग गरेर आफैं समृद्धि बन्नेतर्फ स्थानीय स्तरबाट नै सोच परिवर्तन नगरेसम्म नेपाल र नेपालीको सुखी तथा समृद्ध बन्ने सपना मात्र रहन्छ । त्यसैलाई आत्मसाथ गर्दै कनकाई नगरपालिकाले मोटरसाइकल र स्कुटर खरिद नगरमा भित्र्याएको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए ।

दैनिक प्रयोग हुने पेट्रोलियम पदार्थले खर्चसँगै वातावरणीय असर पनि निम्त्याएको प्रमुख पोखरेलको भनाई छ । इलेक्ट्रिक सवारी साधनको प्रयोगले विदेशिने पैसा स्वदेशमा रहने, इन्धन खर्चलाई मितव्ययी बनाउन, वातावरण र ध्वनी प्रदुषण पनि कम हुने भएकाले कनकाई नगरले परीक्षणको लागि बिद्युतीय बाइक र स्कुटर खरिद गरेको नगरप्रमुख पोखरेलले बताए ।

बिद्युतीय सवारी साधन कनकाई नगरपालिकाले पहिलो पटक भित्र्याएसँगै अन्य पालिकाले पनि माग पत्र पेश गर्न थोलेको सिटौला इन्टरप्राइजेजले जनाएको छ । अहिले पहिलो चरणमा दुई वटा सवारी साधन भित्र्याएसँगै खर्च कम हुने भएपछि यसको माग नगरभरी नै बढ्दै गएको नगर प्रमुख पोखरेलका स्वकीय सचिव बिजय पाठकले जानकारी दिए ।

कनकाई नगरले परीक्षणको रूपमा पहिलो पटक दुई वटा सवारी खरिद गरेसँगै अब कनकाईमै दुईवटा सम्म चार्जिङ स्टेशन निर्माण गर्ने तयारी गरिरहेको नगरका योजना प्रमुख विवेक भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक १६, २०७९ बुधबार  ८ : १२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]