जेष्ठ २७, २०८२ सोमबार

सुनको मूल्य प्रतितोला ९४ हजार पाँच सय

विर्तामोड । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार पाँच सय निर्धारण गरिएको छ । शुक्रबार प्रतितोला रु ९३ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजार चार सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला रु ९२ हजार छ सय थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५० ले बढेर रु एक हजार दुई सय ७५ तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २०, २०७९ आईतबार  १ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]