बैशाख १४, २०८१ शुक्रबार

सम्पादकीय : ‘ब्राउन सुगर’ कारोवार गर्नेको सम्पत्ति खोजी गर

झापा प्रहरीले पछिल्लो पटक ६ जना लागुऔषध कारोवार गर्ने गिरोहलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । लागुऔषधमा पनि ब्राउन सुगरको कारोवार गर्ने झापाका ६ जना व्यक्ति प्रहरी हिरासतमा छन् । प्रहरीका अनुसार उनीहरु जिल्लाकै ठुला नाइकेहरु हुन् । भारतबाट विभिन्न समयमा आयात गर्ने र नेपालको विभिन्न शहरमा पु¥याउने धन्दा गरिरहेका ब्राउन सुगरका व्यापारीको विगत दर्दनाक देखिन्छ । १० गुणा बढि मुल्यमा व्यापार गर्न पाएपछि यहाँका धन्दावालहरु पेसा नै बनाएर लागेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । सामान्य जीवनशैलीमा जीवन निर्भाह गरिरहेकाहरु ऋहिले आलिशान बंगलाको मालिक नै बनिसकेका छन् ।

प्रहरीले ब्राउन सुगर सहित पक्राउ गरेका धेरै जसो नीजि सवारीका चालक छन् । उनीहरु भाडामा गाडि चलाउँदै आएका थिए । भारतीय बजारमा समेत जाने अनुमति पाएका ति समूह भाडा कुद्ने भन्दा पनि यहि कारोवारलाई प्राथमिकता दिइरहेको पाइन्छ । छोटो समयमा आर्थिक प्रगति गर्ने यिनीहरुको मुख्य आय नै लागुऔषध भएको प्रहरीको भनाई छ । गाडी भाडा चलाउने देखावटी व्यवसाय भएपनि खास व्यापार लागुऔषध नै थियो । इलाका प्रहरी अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध व्यूरोको टोलीले पक्राउ गरेको समूहमाथि सामान्य अनुसन्धान मात्र गरेर हुदैन ।

बिर्तामोड , दमक र काँकरभिट्टामा यसको प्रयोगकर्ता धेरै रहेको प्रहरीको तथ्याङक छ । उनीहरुले यहि क्षेत्र मात्र नभई काठमाडौं समेत निर्यात गरेको पाइन्छ । पक्राउ परेकालाई यो कार्य गरे वापत कानुनी कारवाही अवश्य हुने छ । पक्राउ परेकाहरु करोडौं खर्च गरेर भए पनि बाहिर निस्कने धम्की दिदैं आएको बुझिएको छ । त्यो संभव छैन । अब, प्रहरीले लागुऔषध कारोवार गर्नेहरुको सम्पत्तिमा नजर लगाउन जरुरी छ । सम्पत्तिबाट पनि उनीहरुको कर्तुत स्पष्ट हुन्छ । यसैले प्रहरीले प्राप्त गरेको यो सफलता कायम राख्न कारवाही र अनुसन्धानमा कतै कमजोरी गर्न हुदैन ।

प्रकाशित मिति : आश्विन ८, २०७६ बुधबार  ३ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]