जेष्ठ ४, २०८१ शुक्रबार

ब्याज वृद्धिले जीवनमरणको अवस्थामा पुगियो : व्यवसायी

बिर्तामोड । बैंकहरुको व्याजवृद्धिले व्यवसायीहरु जीवनमरणको अवस्थामा पुगेको बताएका छन् । बिर्तामोड उधोग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा व्यवसायीले बैंकहरुका कारण पलायन हुने अवस्था आएको बताएका हुन् ।

नेपाल उधोग वाणिज्य महासंघको पूर्व घोषित आन्दोलन बारे पत्रकारलाई जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा अधिकांश व्यवसायीले बैंकहरुको व्याजले नीजि क्षेत्र जोखिममा परेको बताएका छन् ।

कोरोना महामारीले थलिएको नीजि क्षेत्रमा सरकारको नराकात्मक बुझाईका कारण समस्या बढ्दै गइरहेको बताइएको छ । बैंकहरुले कर्जा लगानीमा व्यवसायीलाई नरम व्यवहार गर्ने र लगानी पछि ब्याज वृद्धि गरेर व्यवसाय नै जोखिममा पारिदने गरेको व्यवसायीको आरोप छ ।

उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले बैंकहरु नाफा कमाउदै जाने व्यवसायीहरु घाटा व्यहोर्दै जाने अवस्था निर्माण भएको बताए । उनले कोभिडपछि बैंकहरुको नाफा झनै बढेर गएको छ, उनले भने – ‘नीति क्षेत्र चै डुविरहने बैंक नाफामा गइरहने विल्कुल ठिक छैन । बैंकहरुले व्यवसायी कै पैसाबाट नाफा कमाइरहेको छन् । तर, बैंकले व्यवसायीको समस्याबारे वेवास्था गरिरहेको छ ।’

उधोगहरु घाटामा जाने नीति बेठिक भएको भन्दै उनले तत्कालन गलत नीति सच्याउनुपर्ने माग राखेका छन् । झापाका प्रतिष्ठित व्यवसायीका रुपमा रहेका डालमियाले वाणिज्य महासंघको आन्दोलनलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए । यो सांकेतिक आन्दोलन मात्रै हो, अझै पुगेन भने कडा आन्दोलनमा जाने तयारी रहेको उनको भनाई छ । आन्दोलनका लागि आन्दोलन मात्र होइन, एउटा निष्कर्षमा पुराएर छाड्नेछौं, उनले थपे ।

केन्द्रीय सदस्य डालमियाले ६० प्रतिशत उधोग बन्द भइसकेको जानकारी दिएका छन् । ४० प्रतिशत उधोग दुखले सञ्चालन भइरहे पनि अघि बढ्ने अवस्था नरहेको उनको भनाई छ । उनले बैंकको व्याजले नै नीजि क्षेत्र धरासयीमा परेको बताए ।

यस्तै, अर्का व्यवसायी निर्मल भट्टराईले बैंकहरुको अत्याचार विरुद्ध एकजुट हुनुपर्ने बताएका छन् । उनले बैंकहरुको व्याजदरमा भएको मनोमानी सच्याउनै पर्ने बताए । वाणिज्य संघले सबै व्यवसायीलाई एकजुट बनाएर ब्याज वृद्धि विरुद्ध साझा आन्दोलन गर्न सूझाव दिए ।

निर्माण व्यवसायी शैलेन्द्र कुरुङवाङले नीजि क्षेत्रमाथि बैंक तथा वित्तीय संस्थाले अव्यवहारिक व्यवहार प्रस्तुत गरिरहेका बताए । उनले बंैक तथा वित्तीय संस्थाको अव्यवहारिक नीतिले नीजि क्षेत्र संकटमा परेको बताएका छन् । निर्माण व्यवसायी कुरुङवाङले बैंकको व्याजसँगै बजारमा भएको महंगी विरुद्ध पनि आवाज उठाउनुपर्ने माग गरेका छन् । उनले खाद्यन्नदेखि विविध क्षेत्रमा भएको मुल्यवृद्धिले आम उपभोक्ता मारमा परेको बताए ।

सिंगापुर वेभरेजमा सञ्चालक रमेश शर्माले अहिले व्यापारको वातावरण नै नभएको बताएका छन् । राष्ट्र बैंकको नीतिका कारण नीजि क्षेत्र धर्मसंकटमा परेको बताए । उनले बैंक तथा वित्तीय संस्थाको ज्यादतीले व्यवसायी जीवनमरणको अवस्थामा पुगेको धारणा राखे । शर्माले भने, खवरदारी गर्न ढिलाई भइसक्यो, अब कडाईका साथ आन्दोलनमा गएर व्यापारको वातावरण तयार गरिनुपर्छ । सुनचाँदी व्यवसायी रमेश बराइलीले बैंकहरुले आफ्नै मात्र स्वार्थ हेरेको गुनासो राखेका छन् । शुरुमा घरदैलो गरेर पुग्ने बैंकहरु पछि व्यवसायीको हित विरुद्ध काम गरिरहेको आरोप लगाए ।

यस्तै,हार्डवेयर व्यवसायी मातृका कोइरालाले बैंकहरुको सिण्डिकेट तोडिनुपर्ने बताउँछन् । बैंक मात्र होइन, सरकार,यातायात क्षेत्र सबैको सिण्डिकेट अन्त्य नभएसम्म दुख यथावत रहने उनको भनाई छ । बैंकहरु अहिले खुला वार्गेनिङ गरिरहेका छन् । व्याज र नविकरणका नाममा बैंकहरुले व्यवसायीलाई पलायन बनाउने रणनीति देखिएको आरोप लगाए । उनले भने, राज्य नै पैसाको व्यापार गरिरहेको छ । अहिलेको सरकार व्यवसायीको पक्षमा नदेखिएको भन्दै उनले त्रुटिपूर्ण नीति सच्याउन माग गरे ।

कार्यक्रममा फुलफुल व्यवसायी, औषधि व्यवसायी, मदिरा व्यवासायीका प्रतिनिधिहरुले धारणा राखेका थिए । अधिकांशले बैंकहरुको व्यवहार ठिक नभएको बताएका छन् । उनीहरुले बैंकले मनोमानी पूर्ण निर्धारण गरेको ब्याज फिर्ता हुनुपर्ने माग राखेका छन् ।

ब्याज वृद्धि विरुद्ध वाणिज्य संघले आज १० बजे जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको महासचिव अर्जुन मैनालीले जानकारी दिए । ज्ञापनपत्र बुझाएपछि मौन जुलुस गरिने छ । व्यवसायीको आन्दोलन शान्तिपूर्ण र मर्यादित हुने मैनालीको भनाई छ । २३ गते बैंकिङ कारोवार नगर्ने , बिर्तामोड बजार क्षेत्रमा प्ले कार्डसहित प्रदर्शन गर्ने, २५ गते प्रदेशको कार्यक्रममा सहभागी हुने र २८ गते केन्द्रीय कार्यक्रममा सहभागी हुने बताइएको छ । कार्यक्रम अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : कार्तिक २२, २०७९ मंगलबार  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]