बैशाख १७, २०८१ सोमबार

यसपालीको दशैं हिलाम्य हुने सम्भाबना

काठमाडौं । यसपालीको दशैं हिलाम्य हुने सम्भाबना बढेको छ ।

मनसुनको समय अवधि सकिए पनि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य नसकिँदा यसपालीको दशैं हिले हुने देखिएको हो ।

साविकअनुसार यस वर्षको मनसुनको समय अवधि सकिएको छ । दुई दिनअघि नेपालको मनसुनको समय अवधि सकिएको हो । तथापि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य भने नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद्ले अझै एक साता मनसुन सक्रिय रहने बताएका छन् । फाट्टफुट्ट वर्षा भने दशैँसम्म कायम रहने उनको अनुमान छ । यति बेला मनसुनी न्यूनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ छ ।

केही दिनअघि सरेर उत्तर पुग्दा पनि विविध स्थानमा भारी वर्षा भएको थियो । यसरी मनसुनी रेखा यताउता सर्ने गर्दा आसपासका क्षेत्रमा हल्कादेखि भारी वर्षा कायम रहने उनले बताए । यसमा स्थानीय वायुको प्रभावले थप मद्दत र्पुयाएको छ ।

पूर्वदेखि पश्चिमसम्म नै शुक्रबारसम्म वर्षाको सम्भावना महाशाखाले गरेको छ । बिहीबारसम्म भने सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा हुने जनाइएको छ । शुक्रबार भने मध्य तथा पूर्वका केही स्थानमा भारी वर्षा हुने आकलन महाशाखाले गरेको छ । यस अवधिमा केही भेगमा स्थानीय नदीखोलामा बाढी आउने र पहाडी भेगमा पहिरोको सम्भावना रहेकाले सतर्क रहन भनिएको छ ।

यस्तो छ महाशाखाले जारी गरेको ३ दिने मौसमी अवस्था

असोज ९

आज देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असोज १०
देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

असोज ११
देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार  ९ : १५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]