बैशाख १७, २०८१ सोमबार

यस्तो छ, शनिवारसम्मको मौसम

मौसम विश्लेषण (Meteorological Analysis):

हाल मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) औसत स्थानको आसपासमा रहेको छ।  नेपालको मध्य र पुर्बी भागमा दक्षीणपुर्वी जलबास्पयुक्त हावाको प्रभाब देखिएकोले मनसुनल गतिविधि बढने देखिन्छ।तलको नक्शामा मनसुनी न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को औसत स्थान देखाइएको छ।


देशभर समग्र मौसमको अवस्था (Present Weather Status):
हाल देशभरी सामान्य बदली रहि पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम खालको भइरहेको छ भने बाँकि भु-भागमा पनि बर्षा हुने संभाबना रहेको छ।

 असोज ०९ गते (बिहिबार)

दिउँसो: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभरी सामान्य बदली रहनेछ।  देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।


असोज १० गते (शुक्रबार)

दिउँसो: देशभरी आंशिक देखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती:  देशभरी सामान्य बदली रहनेछ। पुर्वका थोरै साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असोज ११ गते (शनिबार)

दिउँसो: देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राती:  देशभरी सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहितको हल्का देखि मध्यम वर्षाको सम्भावनाको साथै देशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। पहाडि भु-भागमा पहिरो जान सक्ने हुनाले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ |

प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार  २ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]