बैशाख १७, २०८१ सोमबार

समाज उद्धार कल्याण संघको अध्यक्षमा पुनः धर्मानन्द

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका –७ स्थित समाज उद्धार कल्याण संघको अध्यक्ष पदमा सर्वसम्मत पुनः धर्मानन्द गुरागाई चयन भएका छन् । संघद्वारा शनिबार कार्यालय परिसरमा आयोजित आठौं अधिवेशन तथा बार्षिक साधारणसभाबाट गुरागाई सर्वसम्मत चयन भएका हुन् । यसअघि गुरागाई सातौं पटक संघको अध्यक्ष भइसकेका हुन् ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद न्यौपाने , उपाध्यक्षद्वयमा राजन थापा र हरिभक्त बराल , महासचिवमा मेदनीप्रसाद ढुंगेल ,सचिवमा गंगा थापा र कोषाध्यक्षमा कोपिला भण्डारी चयन भएका छन् । ३ बर्षे कार्यकाल रहने समितिको सदस्यहरुमा देवका न्यौपाने , युवराज धिताल ,गणेश भट्टराई ,टिका पोखरेल ,सुरेश भट्टराई , अमृता चापागाईं ( गुरागाई ) र सुरेश अधिकारीलाई गरिएको निर्वाचन समितिका संयोजक भिमचन्द्र भट्टराईले जानकारी दिए ।

त्यसैगरी १ नम्बर टोल समितिको संयोजकमा अम्बिका पोखरेल, २ नम्बर टोल संयोजकमा बबिता पोखरेल, ३ नम्बर टोल संयोजकमा दिपक भट्टराई, ४ नम्बर टोल संयोजकमा राजेन्द्र निरौला, ५ नम्बर टोल संयोजकमा डम्बरप्रसाद भण्डारी, ६ नम्बर टोल संयोजकमा खगेन्द्र अधिकारी र ७ नम्बर टोल संयोजकमा राम बहादुर बस्नेत चयन भएका छन् ।

त्यस्तै लेखा समितिको संयोजकमा देवेन्द्र मैनाली, सदस्यहरुमा भूपेन्द्र भट्टराई र तेजु बराललाई चयन गरिएको छ । अर्जुनधारा नगरपालिकाका उपमेयर खड्गमाया पराजुलीको प्रमुख आतिथ्य रहेको साधारणसभामा संघका अध्यक्ष धर्मानन्द गुरागाईले संस्थाको बार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने महासचिव मेदनीप्रसाद ढुंगेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

३ लाख ९९ हजार ६ सय २६ रुपैयाँ आम्दानी र ३ लाख ३ हजार ९ सय ६६ रुपैयाँ खर्च रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार ९५ हजार ६ सय ५० रुपैयाँ संस्थाको खातामा बचत रहेको छ । सोही अवसरमा नगरक्षेत्र रहेका ७५ बर्षदेखि माथिका ८१ जना ज्येष्ठ नागरिकहरु ( सदस्य ) लाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरू गंगामाया गिरी, धनमाया प्रधान ,रमादेवी चापागाईं, सुर्यप्रसाद भट्टराई ,वीरबहादुर राई, पदमलाल दाहाल, मनमाया लाप्चा, जहरमान लोहार, बिष्णुकुमारी पाँचकोटी, बिष्णु लामिछाने लगायत ८१ रहेका छन् । सम्मानित हुनेहरूलाई मिष्ठान्न भोजन गराइएको थियो । अध्यक्ष गुरागाईको सभापतित्व तथा महासचिव मेदनीप्रसाद ढुंगेलले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि पराजुली, अर्जुनधारा नगरपालिका – ७ का वडा अध्यक्ष गोविन्दप्रसाद खतिवडा, निवर्तमान वडा अध्यक्ष नवराम ढुंगाना ( नवीन ) संघका सल्लाहकार सदस्य कमल गुरागाई, सुर्यप्रसाद भट्टराई , वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : कार्तिक २७, २०७९ आईतबार  १ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]