बैशाख १७, २०८१ सोमबार

मंसिर १ गतेदेखी अर्जुनधारा जलेश्वरधाममा ब्रम्हाण्ड महापुराण

इन्द्रकुमार राई
शनिश्चरे । पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाममा आगामी मंसिर १ गते देखि सप्ताह श्रीमद् ब्रमाण्ड महापुराणको आयोजना गरिने भएको छ ।

धामको ४० औं बार्षिक अनुष्ठानको रुपमा महापुराण आयोजना गरिन लागेको हो । पण्डित कुबेर सुवेदी प्रमुख कथा वाचक र आचार्य हेमन्त भण्डारी उपवाचक रहने महापुराण मंसिर ६ गते बालाचतुदर्शीका दिन सतबिज रोपणपछि समापन हुने बताइएको छ । सप्ताहव्यापी महापुराण सव्य भव्य रुपमा संचालन गर्नका लागि धाम समितिका अध्यक्ष नवीन गट्टानीको संयोजकत्वमा २१ सदस्यीय पुराण आयोजक मुल समिति तथा स्वागत एवं दाता सम्पर्क व्यवस्था समिति गरिएको छ ।

त्यसै गरी विभागीय उपसमितिहरु पनि गठन गरिएको धाम सचिवालयका कार्यालय सचिव बिष्णुप्रसाद भट्टराईले जानकारी दिए । भट्टराई अनुसार कर्तामा मेदनीप्रसाद ढुंगेल र सेवन्ता ढुंगेल, यज्ञाचार्यमा पण्डित चिरञ्जीवी ढुंगाना , गंगा भट्टराई र भानु जोशीको संयोजकत्वमा यज्ञमण्डप व्यवस्थापन समिति ,चन्द्रा ओली र मनोरथ शिवाकोटीको संयोजकत्वमा मण्डप व्यवस्थापन समिति ,सूर्यप्रसाद भट्टराई र मोहनप्रसाद धितालको श्रोता व्यवस्थापन समिति , कृष्ण पौडेलको संयोजकत्वमा लेखा समिति एवं साँस्कृतिक तथा भजन किर्तन व्यवस्थापन समिति, शिवलाल खतिवडाको संयोजकत्वमा कार्यालय व्यवस्थापन तथा पाण्डल, बिजुली , साउण्डसिस्टम एवं रमाइलो मेला व्यवस्थापन समिति , ,चन्द्रकला भण्डारीको संयोजकत्वमा मन्दिर तथा पूजा व्यवस्थापन समिति, चित्रसेन भण्डारी र पुष्प ओझाको संयोजकत्वमा सुरक्षा तथा खाद्यान्न, महाप्रसाद व्यवस्थापन समिति र मनोज जोशीको संयोजकत्वमा आर्थिक संकलन तथा गल्ला परिचालन समिति गठन गरिएको छ ।

त्यस्तै रमेश त्रिखत्रीको संयोजकत्वमा प्रचारप्रसार समिति, दिपक तामाङ र बेनुप्रसाद शिवाकोटीको संयोजकत्वमा बजार व्यवस्थापन समिति, कृष्ण भट्टराईको संयोजकत्वमा स्टोर व्यवस्थापन समिति , अग्निप्रसाद सिग्देल र भानु शिवाकोटीको गंगा आरती व्यवस्थापन समिति, पुनम सुवेदी, सुशीला सुवेदी तथा आध्यात्मिक महिला चेतना समुहको संयोजकत्वमा लक्ष्यवतीका व्यवस्थापन समिति, भिमचन्द्र भट्टराईको यातायात व्यवस्थापन समिति,अम्बिका प्रसाद खतिवडा, भानु प्रसाद शिवाकोटीको संयोजकत्वमा उद्घोषक व्यवस्थापन समिति र छविलाल शिवाकोटीको संयोजकत्वमा धान्याचल व्यवस्थापन समिति गरिएको छ ।

महापुराण सम्पन्न गर्न १४ लाख रुपैयाँ खर्च लाग्ने र पुराणबाट आम्दानी स्वरुप ४० लाख रुपैयाँ भन्दा बढी रकम संकलन हुने अनुमान गरिएको धामका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए । मंसिर १ गते कलशयात्रा मण्डव पूजा तथा समुदघाटन कार्यक्रम, २ गते देखि दैनिक विहान १० :३० देखि ३ बजे सम्म कथा वाचन, रुद्राभिषेक ,ताण्डलाचल धन धान्याचल, हवन,गंगा आरती, भूमिदान, ५ गते साँझ ६ बजे लक्ष्यवतीका प्रज्वलन ७ बजेबाट भजन किर्तन झाँकी, रात्री जाग्राम र ६ गते तिलकपाती ग्रहण, पुराण समापन हुने बताइएको छ ।

प्रकाशित मिति : कार्तिक २७, २०७९ आईतबार  १ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]