बैशाख १४, २०८१ शुक्रबार

बाह्रदशीमा माओवादीको सामूहिक राजीनामाले गठबन्धनमा खैलाबैला

बिर्तामोड । झापाको बाह्रदशीमा नेकपा माओवादी केन्द्रका प्रदेश, जिल्ला, पालिका र टोल तहसम्मका नेता कार्यकर्ताले सामूहिक राजीमाना दिएका छन् । निर्वाचनको मिति नजिक आइरहेको बेला ठुलो संख्यामा माओवादीका नेता कार्यकर्ताले दिएको सामूहिक राजीनामाले गठबन्धनभित्र खैलाबैला मच्चिएको छ ।

जनयुद्धकाल देखि सक्रिय नेता कार्यकर्ताहरुले पार्टीमा इमान्दारी पूर्वक जिम्मेवारी निर्वाह गर्दै आइरहेको बताउँदै पार्टी गन्तब्य र सिद्धान्त भुलेर अघि बढेको कारण सामूहिक राजीनामा दिएको बताएका छन् ।

माओवादी पार्टीबाट देशले केहि पाउन नसक्ने र जनताको भविष्य समेत सुरिक्षत हुन नसक्ेन निष्कर्ष सहित राजीनामा दिएको उनीहरुको भनाई छ । बाह्रदशी गाउँपालिका वडा नं. ४ र ५ का १३४ जना माओवादी नेता कार्यकताले राजीनामा दिदैं माओवादी पार्टीले जनतामाझ गरेका प्रतिबद्धतालाई कुल्चिएर अघि बढिरहेको जिल्ला सदस्य कृष्ण मोहन गौतमले जानकारी दिए ।

माओवादी आफ्नै कारणले विलयको अवस्थामा पुगिसकेको उनीहरुको निष्कर्ष रहेको छ ।

प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार  ६ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]