बैशाख १४, २०८१ शुक्रबार

हल्दीवारीमा २०३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण

बिर्तामोड । झापाको हल्दीबारीमा २०३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । हल्दीबारी गाउँपालिकाको र हिमालयन एनिमल ट्रष्ट (हार्ट) पोखराको प्राविधिक सहयोगमा आयोजित चार दिने बन्ध्याकरण शिविरमा ८३ पोथी कुकुरसहित २०३ वटाको बन्ध्याकरण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्राविधिक टोलीका प्रबन्धक चन्द्र राई, डा. हिमाशु पोख्रेल, डा. सुदिती पनेरु, डा.मनोज पौडेल लगायत १२ जनाको प्राबिधिक टिमले चार दिनसम्म रहेर बन्ध्याकरणलाई सफल बनाएका हुन् । वडा नं. १ बाट ६७ वटा, वडा नं. २ बाट १८ वटा, वडा नं. ३ बाट २५ वटा, वडा नं. ४ बाट ५१ वटा र वडा नं. ५ बाट ४३ वटा कुकुरहरु ल्याई बन्ध्याकरण गरिएको बताइएको छ ।

शिविर समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले शिविर सफल पार्नमा भुमिका खेल्ने सबैलाई धन्यवाद दिदैं आगामी बर्षहरुमा समेत बन्ध्याकरणको कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]