बैशाख १४, २०८१ शुक्रबार

झापा क्षेत्र नं. ४ मा नमूना मतदान

कनकाई- आगामी निर्वाचनमा बदर मतको संख्या कम गर्ने उद्येश्यले झापाको क्षेत्र नं। ४ मा सोमबार नमूना मतदान भएको छ ।

झापा क्षेत्र नं।४ स्थित कनकाई नगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा नमूना मतदान गरिएको हो । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कसरी मतदान गर्ने र बढ्दो बदर मत कम गर्ने भन्ने उद्देश्यका साथ नमूना मतदान गरिएको निर्वाचन कार्यालय झापाका कर्मचारी वशिष्ट अधिकारीले जानकारी दिए ।

नमूना मतदानमा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटी, प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने लगायत २१ जनाले मतदान गरेका थिए । त्यसमध्ये कुनैपनि मत बदर नभएको नमूना मतदान केन्द्रकी मतदान अधिकृत जमुना कटुवालले जानकारी दिइन् । नमूना मतदान सुरु हुनु अघि मतदानमा सहभागी सबैलाई जिल्ला निर्वाचन कार्यालय झापाका कर्मचारी बशिष्ट अधिकारीले मतदाता शिक्षाका बारेमा जानकारी गराएका थिए ।

आगामी निर्वाचनमा बदर मतको संख्या शुन्य पार्ने उद्येश्यले झापाका १५ वटै पालिकामा नमूना मतदान संचालन गरिएको जनाइएको छ । झापा निर्वाचन क्षेत्र नं. ४ मा निर्वाचन सम्बन्धि सम्पूर्ण तयारी पुरा भएको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिए । निर्वाचनका लागि आवश्यक सामाग्री सबै कार्यालयमा आईपुगेको साथै अन्य मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई आगामी ३० गते नियुक्तिका लागि बोलाईएको निर्वाचन अधिकृत गौतमले जानकारी दिए । मंसिर १ गतेदेखि मतदान स्थलमा आवश्यक तयारीका लागि उपस्थित हुन सम्बन्धित सबै कर्मचारीहरुलाई निर्देशन दिइएको क्षेत्र नंं। ४ का निर्वाचन अधिकृत गौतमले बताउँनुभयो ।

प्रकाशित मिति : कार्तिक २९, २०७९ मंगलबार  ११ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]