बैशाख १७, २०८१ सोमबार

नेकपा एमाले अर्जुनधारा नगर कमिटीको सार्वजनिक अपील

आदरणीय अर्जुनधाराबासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरु

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि संघीय प्रतिनिधिसभा तथा प्रदेश सभाको दोस्रो निर्वाचन यही मंसिर ४ गते सम्पन्न हुन गइरहेको छ । ०७४ सालमा सम्पन्न पहिलो निर्वाचनमा कुनै एक दलको स्पष्ट बहुमत नभए पनि निर्वाचनमा भएको बाम गठबन्धनलाई पार्टी एकतामा परिणत गर्दै हाम्रो पार्टीले राजनीतिक स्थिरता सहित समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न, राष्ट्रिय स्वाभिमानलाई उँचो बनाउन अनेकन् महत्वपूर्ण कामहरु गरेको सर्वविदितै छ । तर देशको समृद्धि र स्वाभिमान विरोधी शक्तिहरुले देशभित्रका अस्थिर र अवसरवादी तत्वहरुलाई उपयोग गरेर जनादेश नै खण्डित हुने गरी पार्टी एकतालाई भत्काउने र जनादेशबाट बनेको सरकारलाई अदालतको परमादेशबाट विस्थापित गर्ने घटनाको पनि हामी सबै साक्षी छौं ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अर्जुनधारामा हाम्रो पार्टीलाई भारी बहुमत प्रदान गर्दै तीन चौथाइ भन्दा बढी एमालेका उम्मेदवारहरुलाई यहाँहरुले विजयी गराउनुभएको थियो । विगत ५ वर्षमा संघ, प्रदेश तथा स्थानीय तहका हाम्रा जनप्रतिनिधिहरुले अर्जुनधाराको विकासका लागि पु¥याउनुभएको योगदानकै कारण अर्जुनधारामा थुप्रै योजनाहरु सम्पन्न गर्न सकेका छौं भने अधुरा योजनाहरुको पूर्णता र विकासका नयाँ आकांक्षाहरुको सम्बोधनका लागि संघ र प्रदेशमा पनि एमालेको जीतको सुनिश्चितताको लागि यहाँहरुले दिइरहनुभएको साथ र हौसलाबाट हामी अत्यन्तै उत्साहित छौं ।

संघ र प्रदेशमा बहुमतको सरकार गठन गर्नसक्ने हैसियत बोकेको एक मात्र पार्टी नेकपा एमाले हो । सुखी नेपाल, समृद्ध नेपालीको राष्ट्रिय आकांक्षा एमाले नेतृत्वको स्थिर सरकारको अगुवाइमा मात्र पूरा हुन सक्छ । हाम्रा नीति, घोषणा र कार्यक्रमहरुप्रति युवा पुस्ताले सर्वाधिक चासो र समर्थन गरेको पाइन्छ । हाम्रा उम्मेदवारहरु त्याग, निष्ठा, निरन्तरता र समर्पणका उदाहरण हुनुहुन्छ ।

त्यसकारण आगामी निर्वाचनमा चार वटै मतपत्रहरुमा सूर्य चिन्हमा मतदान गरी प्रतिनिधि सभा सदस्यमा झापा क्षेत्र नं. २ का उम्मेदवार कमरेड देवराज घिमिरे, प्रदेश सभा सदस्यमा झापा क्षेत्र नं. २(२) का उम्मेदवार कमरेड चिन्तन पाठकलाई र समानुपातिक तर्पm हाम्रो पार्टीलाई अत्यधिक मतले विजयी गराउनुहुन सादर अपिल गर्दछौं ।

प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार  ८ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]