बैशाख २३, २०८१ आईतबार

विश्व पर्यटन दिवसमा प्रभातफेरी

बिर्तामोड । झापाको बिर्तामोडमा होटल म्यानेजमेन्ट अध्ययनरत विधार्थीहरुले विश्व पर्यटन दिवस मनाएका छन् । सुवाती कोठा नेपालको आयोजनामा पर्यटन दिवसको अवसर पारी बिर्तामोडमा प्रभातफेरी सम्पन्न गरिएको छ ।

पर्यटन वर्ष–२०२० लाई सफल बनाउने उद्देश्यले आयोजना गरिएको प्रभातफेरीमा विभिन्न प्ले कार्ड सहित विधार्थी सहभागी भएका थिए । बिर्तामोडमा होटल म्यानेजमेन्ट पढाई हुने कलेजहरु इकम, आदर्श स्कुल अफ म्यानेजमेन्ट र स्प्रिङडेलका विधार्थीहरु सहभागी भएका थिए ।

झाँकी सहित सहभागीहरुले विर्तामोड परिक्रमा गरी कोणसभा गरेका थिए । सो कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर ध्रुव कुमार शिवाकोटी, उपमेयर पवित्रा महतरा प्रसाई र आयोजकका तर्फबाट द्धारिका निरौलाले पर्यटन दिवसको बारेमा मन्तव्य राखेको आयोजक संस्थाका अध्यक्ष संजय बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन १०, २०७६ शुक्रबार  ११ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]