बैशाख १७, २०८१ सोमबार

अर्जुनधारामा सतबिज छर्नेको घुँइचो

इन्द्रकुमार राई
शनिश्चरे । पूर्वको पशुपतिनाथ नामले परिचित अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्शीको अवसर पारेर मंगलबार सतबिज छर्न भक्तजनहरुको उल्लेख्य घुइँचो लागेको थियोे । नेपाल सरकारबाट पर्यटकीय गन्तव्यको रुपमा राष्ट्रिय सम्पदाको सूचिमा सूचिकृत भइसकेको धाममा वि.स. २०४० साल मंसिर देखि बालाचतुर्शीका दिन सतबिज छर्ने भक्तजनहरुको घुइँचो लाग्दै आएको छ ।

धामद्वारा मंसिर १ गतेदेखि आयोजित ४० औं बार्षिक अनुष्ठानको श्रीमद् ब्रह्माण्ड महापुराण मंगलबार सतबिज छरेपछि समापन भएको थियो । धाममा सतबिज छरे पश्चात् पुराण समापन गरिने परम्परा विगत देखि रहिआएको हो । बालाचतुर्शीको अवसरमा काठमाडौ , मोरङको विराटनगर , बेलबारी , सुनसरीको धरान , इनरुवा ,उदयपुरको गाईघाट , इलाम , पाँचथर ,ताप्लेजुङ , भारतको सिक्किम ,दार्जिलिङ , खार्साङ , मिरिक , नक्सलबाडी , सिलगुडी लगायत ठाउँबाट श्रद्धालु भक्तजनहरु आएर आ–आफ्ना दिवंगत पितृ हरुको नाममा सतबिज छरेका थिए ।

धाममा भक्तजनहरुले साँझ लक्ष्यवतीका प्रज्वलन गरेका थिए । सोमबार रातभर नाँच–गान , भजन किर्तन गरि जाग्राम बसेर विहान ३ बजे देखि नै सतबिज छरिएको थियो । जाग्रामको बेलुकी चर्चित भजन गायकद्वय देवीभक्त श्रेष्ठ र राजुु अधिकारीले भजन प्रस्तुत गरेका थिए । त्यस्तै स्थानीय भजन टोली समूहले भजन– किर्तन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख कथा वाचक पंडित कुबेर सुवेदीले प्रवचन गरेका थिए । धाममा आन्तरिक र बाह्य बाट आउने भक्तजनहरुको सुरक्षालाई ध्यानमा राखि सोमबार साँझ ४ बजे देखि जनपद, सशस्त्र , म्यादी प्रहरी र नेपाल स्काउट तथा स्वयंसेवक परिचालन गरिएको थियो । भक्तजनहरुलाई आवतजावत गर्न लागि मन्दिर परिसर भित्र तीन स्थानमा ग्रीलको अस्थायी आकाशे पुल निर्माण गरिएको थियोे । सोमबार साँझदेखि भक्तजनहरुको भीड बढेकोले सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । भक्तजनहरु रातभर जाग्राम बस्दा स्वास्थ्यमा समस्या हुने भएकोले धाम समितिले निःशुल्क स्वास्थ्य शिविरमा सेवा प्रदान, वितरण र भोजन (खाना) को व्यवस्था गरिएको थियोे । पुराणमा खर्च १४ लाख रुपैयाँ र दानविरबाट आर्थिक सहयोग रकम लगभग ४० लाख रुपैयाँ संकलित हुने अनुमान गरिएको छ । हिसाब गर्न बाँकी रहेको धाम कार्यसमितिका कोषाध्यक्ष मनोज जोशीले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  ५ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]