बैशाख १४, २०८१ शुक्रबार

बिर्तामोड नगर प्रमुखद्वारा निर्माणाधिन पुलको अनुगमन

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना रेखा खोलामा निर्माण हुँदै गरेको पुलको अनुगमन गरीएको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ८ का वडासदस्य अग्निप्रसाद सिटौलालगायतको टोलीले आज अनुगमन गरेको हो ।

बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा रहेको एन.के कन्ट्रक्सन कम्पनीले ३७ लाख ७३ हजार ३१९ रुपैँया ५९ मा पुल निर्माणको ठेक्का पाएको छ । पुल ९ दशमलव २० मिटर लम्बाई र ६ मिटर चौडाइको बन्ने छ ।

बिर्तामोड नगरपालिकाले नगर क्षेत्र भित्र निर्माण भईरहेका बिकास निर्माणका कार्यहरुको प्रत्यक्षरुपमा कडाईका साथ अनुगमन गर्दै आएको छ ।

प्रकाशित मिति : मंसिर ११, २०७९ आईतबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]