बैशाख २८, २०८२ आईतबार

सिंहबाहिनी मन्दिरमा आजबाट महायज्ञ शुरु

शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिका – ४ रातेखाल स्थित सिंहबाहिनी देवी मन्दिर (भद्रकाली शक्तिपीठ) मा सोमबार देखि नौ दिवसीय आनन्दरामायण तथा धनधान्याचल महायज्ञ शुरु भएको छ । शक्तिपीठले सिता विवाह पञ्चमीको अवसर पारेर २१ औं बार्षिक अनुष्ठानको रुपमा ९ दिने महायज्ञ आयोजना गरेको हो ।

शक्तिपीठमा प्रत्येक बर्ष सिता विवाह पञ्चमीको अवसरमा बार्षिक अनुष्ठान आयोजना गरिन्दै आएको बताइएको छ । अर्जुनधारा नगरपालिकाका उपमेयर खड्गमाया पराजुलीको प्रमुख आतिथ्यतामा मेलिना सुब्बाले गल्ला र दिनेश काफ्लेले धान्याचल पर्वतको उद्घाटन गरेका थिए । प्रमुख कथा वाचक पण्डित केवलकृष्ण अधिकारी र उपवाचक पण्डित मोहन अधिकारी रहने आनन्दरामायण पुराण मंसिर २० गते समापन हुने बताइएको छ ।

सिंहबाहिनी देवी मन्दिर समितिका अध्यक्ष राजेन्द्र अधिकारीको सभापतित्व तथा सल्लाहकार सदस्य देवराज बुढाथोकीको संचालन रहेको उद्घाटन समारोहमा प्रमुख अतिथि पराजुली, अर्जुनधारा जलेश्वरधामका लेखा समिति संयोजक कृष्ण पौडेल, दुर्गा पाञ्चायन मन्दिर लक्ष्मीपुरका अध्यक्ष छबिलाल लम्साल, दहिझोडा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष टेकनाथ अधिकारी, समाजसेवी केदारनाथ पराजुली , शक्ति पीठका सदस्य तुलाराम बस्नेत लगायत ले शुभकामना मन्तव्य राखेका थिए ।

यसअघि झाकीसहित कलशयात्राले नगर परिक्रमा गरिएको थियो । महायज्ञ सम्पन्न गर्नका लागि २ लाख रुपैयाँ खर्च लाग्ने र पुराणबाट २ लाख ५० हजार रुपैयाँ भन्दा बढी रकम संकलित हुने अनुमान गरिएको पुराण आयोजक समितिका तिलक भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : मंसिर १२, २०७९ सोमबार  ७ : २३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]