चैत्र १५, २०८० बिहीबार

हल्दिवारीमा जलवायु परिवर्तन तथा विपत जोखिम न्यूनिकरण बारे अन्तरक्रिया

बिर्तामोड । झापाको हल्दिवारी गाउँपालिकामा जलवायु परिवर्तन तथा विपत जोखिम न्यूनिकरण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

कार्यक्रममा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका उपसचिव ऋषिराम आचार्यले स्थानीय स्तरमा आइपर्ने विपत व्यवस्थापन र स्थानीय, प्रदेश तथा संघको भूमिकाका बारेमा प्रष्ट पारेका थिए ।

यसैगरी जोखिम व्यवस्थापन गर्न नीतिगत व्यवस्था, कोष स्थापना तथा परिचालन गर्न आवश्यक कार्यविधि निमार्ण, विपत व्यवस्थापन सम्बन्धी पूर्वतयारीको आवश्यकता र महत्वको बारेमा छलफल गरिएको थियो ।

गाउँपालिका प्रमुख रविन्द्र प्रसाद लिङदेनले हल्दिबारीको मुख्य समस्या मानव हात्ती द्वन्द्व भएको र त्यसको न्यूनीकरणका लागि सोलार फेनेसिङ लगाए पनि मर्मतका लागि पहल गर्नुपर्ने र नपुगेको ठाउँमा पुर्याउन आवश्यक रहेको भन्दै पहल गरिदिन आग्रह गरेका छन् ।

संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका उपसचिव ऋषिराम आचार्यको सभापतित्वमा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, हल्दिबारी वडा नं १,२,३,४ का वडाध्यक्षहरू क्रमशः देवीबहादुर थापा,शुकलाल राजवंशी, बिष्णुप्रसाद ओली, सन्तकुमार थापा लगायत कार्यपालिका सदस्यहरू, सवै शाखाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले कार्यक्रमको औचित्य माथि प्रकाश पारेको कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।

प्रकाशित मिति : मंसिर १२, २०७९ सोमबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]