जेष्ठ ६, २०८१ आईतबार

सुरक्षित यात्राका लागि चालकलाई फुलमाला

बिर्तामोड । झापामा चाडपर्व लक्षित यात्रा सुरक्षाका लागि चालक तथा सहचालकलाई सम्मानसहित आवश्यक निर्देशन प्रदान गरिएको छ । आइतवार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चाडपर्वलाई लक्षित गरी“ ‘सडक सभ्यता हाम्रो चाहाना, सुरक्षित यात्राको सबैमा शुभकामना’ नारा सहित सचेतना प्रदान गरिएको हो ।

अर्जुनधारा नगरपालिका–११ स्थित बिर्तामोड बसपार्कमा जिल्ला प्रहरी कार्यालय झापा र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको समन्वयंमा सो कार्यक्रमको आयोजना गरिएको हो । समुदाय प्रहरी साझेदारी अन्तर्गत नजिकिदै गरेको नेपालीहरुको महान चार्ड बिजया दशमी, शुभदिपावली र छठ पर्बको अवसरमा यात्रीको सुरक्षार्थ शुभकामना सहित आवश्यक निर्देशन प्रदान गरिएको हो ।

कार्यक्रममा चालक तथा सहचालकलाई खादा तथा टिका लगाई कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा उपस्थित चालक तथा सहचालकहरुलाई मापसे नगर्ने, यात्रुसँग असल व्यवहार गर्ने, गती सिमित गर्ने, क्षमता भन्दा बढी यात्रु नराख्ने साथै दुर्घटना न्यूनीकरण गर्ने अभियानमा सहभागी हुन आव्हान गरेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । सोहि क्रममा यात्रु तथा सवारी चालकहरुले ध्यान दिनु पर्ने कुराहरु बारेमा पर्चा पम्प्लेट समेत वितरण गरिएको थियो ।

बिर्तामोड– ५ का वडा अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरको प्रमुख आतिथ्यता झापाका पहरी उपरीक्षक दिनेशराज मैनाली, जिल्ला ट्राफिक प्रमुख होमनाथ अधिकारीको आथिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

यस्तै,झापाको सदरमुकाम भद्रपुरमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । नेपाल प्रहरीको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सडक सभ्यता हाम्रो चाहना, सुरक्षित यात्रा सबैमा शुभकामना भन्ने मूल नाराका साथ भद्रपुर –५ स्थित बसपार्कमा यात्रु सहायता कक्षको स्थापना गरिएको हो । वडा प्रहरी कार्यालय भद्रपुर र ट्राफिक प्रहरी पोस्ट भद्रपुरले आइतबार बिहान एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै यात्रु सहायता कक्ष राखेका हुन् ।

साथै प्रहरीले सुरक्षित यात्राको शुभकामना दिँदै चालकलाई फुल माला र खादा लगाएर सम्मान गरेको ट्राफिक प्रहरी पोस्ट भद्रपुरका इन्चार्ज प्रकाश अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन १२, २०७६ आईतबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]