बैशाख ८, २०८१ शनिबार

अफगानिस्तानलाई थप ४० मिलियन अमेरिकी डलर नगद सहायता प्राप्त

काठमाडौं । मङ्गलबार अफगानिस्तानले मानवीय नगद सहायताका रूपमा थप ४० मिलियन अमेरिकी डलर प्राप्त गरेको, केन्द्रीय बैंक दा अफगानिस्तान बैंक (डीएबी) जनाएको छ ।

नगदमा मानवीय सहायता पठाएकोमा अन्तरराष्ट्रिय समुदायको प्रशंसा गर्दै बैंकले विज्ञप्तिमा बैंकिङ प्रणालीमार्फत थप नगद सहायता पठाउन आह्वान गरेको छ ।

यस्तै विगतका दुई सातामा काबुलले ४० मिलियन डलरको नगद सहायता प्राप्त गरेको थियो ।

युद्धग्रस्त अफगानिस्तानले विदेशी मुद्रा सञ्चितिलाई गत वर्षको तुलनामा १.५ बिलियन डलर भन्दा बढी पुर्याएको छ ।

प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार  ५ : १५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]