बैशाख ७, २०८१ शुक्रबार

हल्दिवारीमा एकैदिन तीन वटा पुलको शिलान्यास

बिर्तामोड । हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रभित्रका काठेपुल हटाउने लक्ष्य अनुरुप आज हल्दिबारी ५ र १ को सीमामा पर्ने भुतेनी , हल्दिबारी ३ को भुसुडी खोलाको २ वटा गरि एकै दिन ३ वटा पुलहरुको शिलान्यास गरेको छ ।

झापा क्षेत्र नं ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद लिङदेन, प्रदेशसभा सदस्य छविलाल चुडाल र हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले संयुक्त रुपमा पुलको शिलान्यास गरेका हुन् ।

२ वर्षभित्र कार्य सम्पन्न गर्ने गरि सारा सृष्टी निर्माण सेवा प्रा.लि.ले ४ करोड ६७ लाख ९४ हजार ८ सय ६७ रुपैयाँमा सम्झौता गरि काम सुरु गरेको हो ।

विकासका कामहरुलाई तिव्र गतिमा अघि बढाईरहेको गाउँपालिकामा ३ वटा पुल निमार्ण कार्य सम्पन्न भएपछि काठेपुल मुक्त पालिका बन्ने छ ।

कार्यक्रममा गाँउपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, वडाध्यक्षहरु देवीवहादुर थापा, सुकलाल राजवंशी, बिष्णुप्रसाद ओली, सन्तकुमार थापा, खड्ग लावती, सवै वडाका वडासदस्यहरु, कर्मचारीहरु, स्थानीयवासीहरुको उल्लेख्य उपस्थितिमा पुलको शिलान्यास गरिएको हो ।

गाउँपालिकाका प्रशासन शाखा प्रमुख राजन न्यौपानेले संचालन गरेको कार्यक्रममा प्रतिनिधिसभा सदस्य लिङ्देन र प्रदेससभा सदस्य चुडालले शुभकामना मन्तव्य राख्दै योजनाको गुणस्तर बारेमा सबैले चासो राख्नुपर्ने बताए । निर्धारित समय मै निर्माण सक्नुपर्नेमा जोडदिदैं गुणस्तरीय निर्माणमा ध्यान दिन आग्रह गरे । तीन वटै योजनाहरुको संक्षिप्त बिबरण सहितको जानकारी प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले गराएका थिए ।

प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार  ६ : २७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]