बैशाख १५, २०८१ शनिबार

पाँच सयले बढ्यो सुनको मूल्य

बिर्तामोड । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार एक सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार एक सय थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ४० ले बढेर रु एक हजार तीन सय ३० पुगेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार  १२ : ३५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]