बैशाख ४, २०८१ मंगलबार

प्रदेश १ ले लुम्बिनीलाई जितका लागि ७० रनको लक्ष्य दियो

बिर्तामोड । राजधानीमा जारी १९ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लुम्बिनी प्रदेशलाई जीतका लागि ७० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २६ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ६९ रन बनाएको छ ।

प्रदेश १ का लागि सुभान गहतराजले सर्वाधिक २२ रन बनाए । त्यस्तै स्टाइन रिजालले १९ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । विपीन महतोले सात रन जोड्दा दिपेश कँडेल र भूपाल दङ्गालले समान पाँच÷पाँच रन बनाए ।

प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी प्रदेशका निर्मल गुरुङ चार विकेट लिए । त्यसैगरी दुर्गेश गुप्ताले दुई विकेट र अभिशेष गौतम र तुलबाहदुर थापाले समान एक–एक विकेट लिए ।

प्रतियोगितामा फाइनलमा पुग्नका लागि दुवै टोलीलाई जित्नुपर्ने बाध्यता छ । उक्त प्रतियोगितामा विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख प्राप्त गर्नेछन् । लुम्बिनी प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार  २ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]