जेष्ठ ६, २०८१ आईतबार

झापा सिध्याउने गरि आयात गरिएको कडा क्षमताको बिस्फोटक पदार्थ प्रहरीद्वारा बरामद

बिर्तामोड । विप्लप समूहले गोठमा गाढेर राखेको विस्फोटक पदार्थ झापा प्रहरीले बरामद गरेको छ । अर्जुनधारा –१ सिस्नेबाट २० दिनअघि गाढेर राखेको उक्त विस्फोटक पदार्थ आइतवार राती बरामद गरेको हो । यो सामग्री झापाका स्थानीय तहमा पड्काउने गरि ल्याइएको बुझिएको छ ।

दुई साताअघि पक्राउ परेका विप्लप समूहका जिल्ला सेक्रेटरी प्रविण मिश्र ‘मनिष’को समूहले उक्त सामग्री चियाको विषादी भन्दै आफन्तको घरमा सुरक्षित राखिदिन त्यहाँ पुरयाएको बुझिएको छ । मिश्र पक्राउ परेको समाचार सुनेपछि आफन्तले झापाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानालाई शंकास्पद सामग्री बारे आइतवार दिउँसो जानकारी गराएका थिए ।

चियाको विषादी भन्दै राखेको सामग्री आफन्तले गाइवस्तुले खान सक्ने भन्दै गोठमा गाढेर राखेका थिए । उनीहरुले विस्फोटक सामग्री पनि हुन सक्ने भन्दै प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराए पछि इलाका प्रहरी कार्यालय अनारमनीको टोली त्यहाँ पुगेको डिएसपी मोहन थापाले जानकारी दिए ।

प्रहरी सहित सिस्नेमा चारआलीस्थित नेपाली सेनाको बम डिस्पोजल टोली समेत पुगेको थियो । सो टोलीले जमिनमुनी गाढेको बस्तु बाहिर निकाल्दा २५ केजी (निओजेल ९० कडा क्षमताको ) नामक बिष्फोटक पदार्थ भेट्टाएको थियो । बरामद गरिएको उक्त बिष्फोटक पदार्थलाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।

विप्लप समूहका सेक्रेटरी मिश्रको समूहले २ बोरा यसै प्रकारका सामग्री त्यो घरमा पुरयाएको बताइएको छ । एक बोरा त्यहि राखेर १ बोरासँगै लिएर गएको घरधनीले सुरक्षा अधिकारीले जानकारी दिएका छन् । प्रहरीका अनुसार सँगै लिएर गएको एक बोरा विस्फोटक पदार्थले झापाको विभिन्न स्थानमा विस्फोट गराएका थिए । उनीहरुले दशैंको पूर्वसनध्यामा विस्फोट गराउन एक बोरा सामग्री त्यहाँ सुरक्षित राखेको हुन सक्ने प्रहरीको भनाई छ ।

विप्लप समूहका मुख्य नाइके पक्राउ परेपछि बाँकी योजना विफल भएको प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार  ११ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]