बैशाख १२, २०८१ बुधबार

‘अपाङ्गता ऐन–२०७४ को अक्षरस पालना हुनुपर्छ’

बिर्तामोड । झापा नेत्रहिन संघका कोषाध्यक्ष दिल कुमार राजवंशीले सरकारले अपाङ्गहरुको निम्ति बनाएको अपाङ्गता ऐन– २०७४ लाई अक्षरस पालन गर्नुपर्ने माग राखेका राखेका छन् ।


नेत्रहिन युवा संघ नेपालका झापा अध्यक्षसम्म रहेका राजवंशीले अपाङ्गता भएका व्यक्तिहरुको निम्ति निमार्ण भएको अपाङ्गता ऐन –२०७४ र युआरसिडिपि महासन्धिको अक्षरस पालन हुनुपर्ने माग राखेका हुन् ।


राजवंशीले थप अपाङ्गहरुको समस्या राख्दै सरकारी र व्यक्तिगत प्रायः कार्यालयहरु अपाङ्गमैत्री नभएको गुनासो राखेका छन् । उनीहरुलाई शिक्षा र रोजगारीको कम अवसर भएको उनको भनाई छ । उनी भन्छन् ‘कार्यालयहरुको संम्रचनागत वातावरण हामीसँग मैत्री छैन, झनै शिक्षा र रोजगारको अवस्था त विकराल छ ।’ उनी थप्छन् ‘हामीलाई पढ्नका लागि आवश्यक पाठ्य सामग्री कै अभाव रहन्छ । रोजगारी पनि हाम्रो क्षमता अनुरुपको छैनन् । हामीले क्षमता नै पुर्याए पनि सामाजिक विश्वास छैन ।’


राजवंशी अपाङ्गहरुले भोग्नु परेका समस्याहरु राख्दै भन्छन् ‘सरकारले हाम्रो लागि पनि आवश्यक शिक्षा र रोजगारको व्यवस्था गर्नुपर्छ, रोजगारी हाम्रो सबैभन्दा ठूलो समस्या हो ।’

प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]