चैत्र १६, २०८० शुक्रबार

गौरादहमा दिनभर तनाव : राजवंशीलाई २ लाख दिने निर्णय, इन्जिनियर भन्छन् – मृत्यूको कारण भूक्तानी होइन

बिर्तामोड । उपभोक्ता समितिका अध्यक्ष धनवीर राजवंशीको मृत्युले गौरादह नगरपालिका सोमवार दिनभर तनावग्रस्त बनेको छ । इन्जिनियर सचिन क्षेत्रीले भुक्तानीमा दुःख दिएको कारण राजवंशीको मृत्यू भएको आरोप लगाउदै नगरपालिका दिनभर तनावग्रस्त बन्यो ।

गौरादह नगरपालिका–८ स्थित भुडिसिमल बस्ने अन्दाजी ५८ वर्षीय राजवंशीको उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । उनको मृत्यूलाई भुक्तानीसँग जोडेर नगरपालिकामा आन्दोलन नै भएपछि कार्यपालिकाले साँझमा बैठक बसेर राजवंशी परिवारलाई २ लाख राहत दिने निर्णय गरेको छ ।

नगरप्रमुख रोहित शाहले इजलाससँग कुरा गर्दै २ लाख राहत दिने निर्णय भएको जानकारी दिए । उनका अनुसार बैठकले तत्कालका लागि इञ्जिनियर क्षेत्रीलाई निलम्बन गरी कारवाही प्रक्रिया अघि बढाउने निर्णय भएको छ । इन्जिनियर कै कारण मृत्यू भएको आरोप लागेपछि मेयरलाई हामीले साधेका छौं, – कुनै काममा कर्मचारी र जनप्रतिनिधिबाट समस्या भई यस्तै घटना भएमा रिक्स लिन सकिन्छ ? यसबारे रिक्स लिन नसकिने मेयर शाहले जवाफ दिएका छन् । उनले आजको घटनामा सर्वसाधरणको माग सम्बोधन गरेको बताए । नगरमा इन्जिनियर कै कारण तनावग्रस्त भएको शाहको दावी छ । उनले प्रशासकीय अधिकृत कार्यालय मै नबसेको कारण पनि काम प्रभावित भएको आरोप लगाएका छन् ।

इन्जिनियर क्षेत्रीले आफ्नो कारण घटना नभएको स्पष्ट पारेका छन् । आफुसँग राजवंशीको भेट समेत नभएको इजलासलाई जानकारी दिए । उनले घटना प्राकृतिक भए पनि नियोजित रुपमा आफुमाथि आरोप लगाउने काम भएको जानकारी दिएका छन् । भुक्तानीले कसैको जन्म र मृत्यू हुदैन, क्षेत्रीले भने – नगरको सीसी क्यामेरा हेर्दा हुन्छ । म सँग राजवंशीको कति पटक भेट भएको छ । यसबारे उनले घटनालाई राजनीतिकरण गरिएको गुनासो गरेका छन् । आफ्नो काममा दवाव दिनेहरुले घटनालाई तोडमोड गरेको उनको भनाई छ । निर्माणमा मनपरी गर्नेहरु नै आन्दोलनमा अगुवाई गरेको सुनाए ।

इन्जिनियर क्षेत्रीका अनुसार बैराती बजारस्थित टहरा निर्माण समितिका अध्यक्ष राजवंशीले असार २५ गतेसम्म काम सकेका थिएनन् । काम नसकी भुक्तानी लिन उनीहरुले वडाको सिफारिस बोकेर नगर गएपछि भुक्तानी नगरिएको क्षेत्रीले स्वीकार गरेका छन् । प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाढीमा बम विस्फोट भएपछि विदामा बसेका थिए । अधिकृत मिश्र आइतवार मात्र नगरमा हाजिर भएका थिए । अधिकृतको अनुपस्थितिमा चेक नचल्ने भएकाले केहि दिन ढिलो भएको बुझिएको छ ।

टहरा निर्माणको काम भर्खरै सम्पन्न भएको अनुगमन समितिको भनाई छ । निरिक्षण तथा अनुगमन समितिको माइन्यूटमा आइतवार मात्रै हस्ताक्षर भइसकेको थियो । काम सम्पन्न नभई मेयर शाहले भुक्तानी गर्न दवाव दिदैं आएको क्षेत्रीका भनाई छ । काम सम्पन्न नभई भुक्तानी दिँदा अख्तियार लगाउँछु भन्दै धम्की आउँछ, प्रक्रिया पुरा गर्न लगाउँदा अपवादको घटनामा आरोप खेप्नुपर्छ, क्षेत्रीले भने । सोहि योजनामा भुक्तानी लिन आउँदा प्लास्टरको काम सकिएको थिएन । अनुगमन भएको थिएन । कसरी भुक्तानी दिनु, उनले भपे । निर्माणको काम र मृत्यूको घटनालाई जोड्न नमिल्ने इन्जिनियरको भनाई छ ।

घटना विवरण अनुसार मृतक राजवंशी आइतबार दिउँसो १ बजे नगरपालिका भुक्तानीका लागि गएका थिए । भुडिसिमल बैराती बजारस्थित टहरा निर्माण समितिका अध्यक्ष रहेका राजवंशी नगरपालिका इन्जिनियर सचिन क्षेत्रीलाई गएर भेटी इन्जिनियरले विभिन्न बहाना बनाउँदै कागजात नमिलेको भन्दै फर्काएपछि राजवंशी कार्यालय परिसरमै बेहोस भएको बताइएको छ ।
नगरपालिकामै बेहोस भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका विराटनगरस्थित नोबेल अस्पताल नपु¥याउँदै उनको बाटैमा मृत्यु भएको थियो । टहरा निर्माणका लागि तीन लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।

प्रकाशित मिति : आश्विन १३, २०७६ सोमबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]