बैशाख १७, २०८१ सोमबार

अपांगता भएका व्यक्तिलाई कम्बल र ह्वील चियर वितरण

इन्द्रकुमार राई

शनिश्चरे । ३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर अर्जुनधारा नगर क्षेत्रमा अपाङ्गता भएका ३२ जनालाई २६ थान ब्ल्याङकेट (कम्बल ) र ६ थान ह्वील चियर वितरण गरिएको छ ।

अर्जुनधारा अपाङ्गता स्वावलम्लबन समाजको आयोजना तथा इनर–ह्वील क्लब अफ मिड टाउन विर्तामोड र अर्जुनधारा नगरपालिकाको सहयोगमा ब्ल्याङकेट र ह्वील चियर वितरण गरिएको हो । अपाङ्गता स्वावलम्बन समाजद्वारा स्थानीय पितृ भवनमा आयोजित वितरण कार्यक्रममा विशिष्ट अतिथि एवं अर्जुनधारा नगरपालिका उपमेयर खड्गमाया पराजुलीको आतिथ्यतामा लिलाजङ्ग थापा , पवित्रा विश्वकर्मा , देवीमाया चौहान,लिला दाहाल लगायत २६ जनालाई प्रतिव्यक्ति १÷१ थान कम्बल र सबिन शिवाकोटी , ठाकुरसिंह गुरुङ , सन्तोष राजवंशी , अकार पोखरेल लगायत ६ जनालाई प्रतिव्यक्ति १÷१ थान ह्वील चियर वितरण गरिएको थियो ।

रोटरी क्लब विर्तामोडका पूर्व अध्यक्ष प्रशान्त भण्डारीले कार्यक्रमको सहजीकरण गर्दै इनर–ह्वील अफ मिड टाउन विर्तामोड मानवीय सेवामा आवद्ध रहेकोले अर्जुनधारा नगर क्षेत्रभित्र अपाङ्गता भएका २६ थान कम्बल र ४ थान ह्वील चियर वितरण कार्यमा उक्त क्लबले सहयोग गरेको जानकारी दिए । स्थानीय समिर मोदी र लक्ष्मीबहादुर बस्नेतबाट १-१ थान सहयोग प्राप्त भएको बताइएको छ ।

सो अवसरमा सुनिता प्रसाईको अध्यक्षतामा इनर ह्वील क्लब अफ मिड टाउन अर्जुनधारा तदर्थ समिति गठन गरिएको जानकारी समेत दिए । गठित समितिको उपाध्यक्षमा बन्दना भण्डारी, सचिवमा प्रभा नेपाल , मिडिया को–अर्डिनेटरमा तारा श्रेष्ठ , आइएसओमा मञ्जु चापागाईं, रहेका छन् । त्यस्तै बोर्ड सदस्यहरु योगिता खपाङगी , राधा बुढाथोकी , आशा घिमिरे , रक्षा खडका ,पूर्णिमा सिटौला ,उषा मेचे ,पूजा संग्रौला , तुलसा प्रधान र कञ्चना काफ्ले रहेका छन् । केबल बानियाँले सञ्चालन गरेको कार्यक्रममा अर्जुनधारा अपाङ्गता स्वावलम्बन समाजका अध्यक्ष खेम रेग्मीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

अध्यक्ष रेग्मीको सभापतित्व तथा झापा क्षेत्र नम्बर २ का सांसद देवराज घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि घिमिरे , विशिष्ट अतिथि खड्गमाया पराजुली , अर्जुनधारा नगरपालिका – ७ का वडा अध्यक्ष गोविन्द प्रसाद खतिवडा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसअघि विहान ९ बजे शनिश्चरे बजार स्थित देवकोटा चोकमा नगर भरिका अपाङ्गता भएका व्यक्ति भेला भई प्रभातफेरी निकाली शिक्षा , स्वास्थ्य , रोजगार अपाङ्गता भएका व्यक्तिहरुको नैसर्गिक अधिकार ,अपाङ्गता भएका व्यक्तिहरु पनि तपाईंहरु जस्तैः हुन् अवसर दिन कन्जुस्याइँ नगरौं , हामी पनि तिमिसंगै हातेमालो गर्दछौ । देश बिकासको बाटोमा सबै अघि बढ्दछौ लगायत १३ नाराहरु लगाउँदै नगर परिक्रमा गरेर पितृ आएर कार्यक्रममा परिणत भएको थियोे । प्रभातफेरी उद्घाटन विशिष्ट अतिथि पराजुलीले गरेकी थिइन् । सामाग्री वितरण कार्यक्रममा झापा क्षेत्र नम्बर २ का प्रदेश सांसद चिन्तन पाठक, अर्जुनधारा नगरपालिका – ३ का वडाध्याक्ष सिताराम भट्टराई , ८ का वडाध्याक्ष कुमारप्रसाद उप्रेती, इनर ह्वील क्लब अफ मिड टाउन विर्तामोडका अध्यक्ष सम्झना भण्डारी , रोटरी क्लबका उपाध्यक्ष राजेन्द्र अग्रवाल लगायतको आतिथ्य रहेको थियोे ।

प्रकाशित मिति : मंसिर १८, २०७९ आईतबार  ९ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]