बैशाख २५, २०८१ मंगलबार

निर्वाचित भएको २० महिनापछि सपथग्रहण

बिर्तामोड । निर्वाचित भएको झण्डै दुई वर्षपछि कनकाई सामुदायिक वन उपभोक्ता समूहको नयाँ नेतृत्वले सपथग्रहण गरेको छ । सपथग्रहणपछि ख्याम ओली नेतृत्वको समितिले पदबहाली गरेको हो ।

निर्वाचनमा धाँदली भएको आरोप लगाउदै अध्यक्षका अर्का प्रत्यासी सन्तोष रायमाझीले उच्च अदालतमा रिट दर्ता गरेका थिए । उच्च अदालतले इलामले रिट खारेज गरेसँगै निर्वाचन समितिले ओली नेतृत्वको समितिलाई सपथ ग्रहण गराएको छ ।

वन समूहको ३ वर्षै कार्यकाल सपथपछि शुरु हुनेछ । ‘२० महिना काम गर्न नपाई विताउनु पर्यो’, ओलीले भने – मुद्धा मामिलाले गर्दा केहि काम गर्न पाइएको थिएन ।

०७७ चैत ३० गते निर्वाचन सम्पन्न भएको थियो । गठबन्धनबाट वन समूहको अध्यक्षमा सन्तोष रायमाझी पराजित भएका थिए । गणनामा चित्त नबुझेपछि उनले कनकाई सामुदायिक वन उपभोक्ता समूह, निर्वाचित अध्यक्ष ओली र निर्वाचन समिति विरुद्ध मुद्धा हालेका थिए ।

असन्तुष्ट पक्षले वनको कार्यालयमा ६ महिना तालाबन्दी समेत गरेका थिए । स्थानीय राजनीतिक दलको सहमतिमा ताला खोलिएको थियो । १८ मतले पराजित रायमाझी पक्षले दोहोर्याएर मत गणना भएको आरोप लगाएका थिए । निर्वाचित समितिले काम गर्न नपाउँदा एक वर्ष कटान रोकिएको छ । अध्यक्ष ओलीका अनुसार समूहको साधारण समेत रोकियो । विज्ञान पार्कका लागि आएको ६ करोड ९० लाख समेत फ्रिज भएको बताइएको छ ।

सोमवार भएको सपथग्रहणपछि ओलीले इजलाससित भने, मुद्धामामिलाका कारण रोकिएको सबै काम अब अगाडि बढाउनेछौं ।

प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]