बैशाख २३, २०८२ मंगलबार

अब पानी पर्ने क्रम रोकिन्छ : मौसमविद्

बिर्तामोड । अब विस्तारै पानी पर्न कम हुँदै जाने मौसमविद्ले बताएका छन् । मनसुन निस्क्रिय हुँदै गएकाले पानी पर्ने क्रम पनि कम हुँदै जाने मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

तर मनसुन बाहिरिन भने अझै २, ४ दिन लाग्ने उहाँको भनाइ छ । अहिले बादल लागेर सामान्य पानी परेको ठाउँमा पनि बिस्तारै मौसम खुल्दै जाने उहाँले बताउनुभयो ।

मंगलबार दिउँसो तराइबाहेक अन्य ठाउँमा सामान्य बद्ली भएर केही ठाउँमा छिटफुट रुपमा मात्रै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय नहुने देखिएकाले ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना नरहेको मौसमविद् पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार  १० : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]