१६ गतेको कार्यक्रम स्थगित, प्रधानमन्त्री २० गते दमक आउने
बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीको झापा आउने कार्यक्रम सरेको छ । १६ गते दमकस्थित औधोगिक पार्क सहित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा आउने तयारीमा थिए ।
नेकपा झापाका सचिवालय सदस्य शिव ढुङगेलले कार्यक्रमको आवश्यक तयारी पुरा नभएकाले १६ गतेको कार्यक्रम स्थगित भएको जानकारी दिएका छन् । ढुङगेलका अनुसार मौसमी प्रतिकुलताले समेत कार्यक्रम तयारीमा समस्या भएको हो ।
उनले २० गते दमकको कस्मिक पार्टी प्यालेसमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममा भने ओली सहभागी हुने जानकारी दिए । गत वर्षसम्म बिर्तामोडमा भइरहेको कार्यक्रम यो वर्ष दमकमा आयोजना हुँदैछ ।