चैत्र १५, २०८० बिहीबार

वन क्षेत्रमा रुख बिरुवासँगै वन्यजन्तु पनि संरक्षण गरौ – प्रमुख गोम्देन

इन्द्रकुमार राई

शनिश्चरे । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले अर्जुनधारा नगर हात्ती प्रभावित क्षेत्र भएकोले विधुतीय संस्था ( डब्लू.डब्लू .एफ ) सँग चाँडै सहकार्य गरेर नगरपालिकाले हात्ती समस्या न्यूनिकरण गर्ने बताएका छन् ।

गोम्देनले अर्जुनधारा नगरपालिका – ३ स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहले मंगलबार कार्यालय परिसरमा आयोजना गरेको २७ औं बार्षिक साधारणसभामा बोल्दै यस्तो बताएका हुन् । हात्ती पीडित नगरबासीहरु क्षतिपूर्तिका लागि आफ्नो कार्यालय आउने गरेको बताएका छन् । उनले आर्थिक रुपमा सबैभन्दा बढी आय – आर्जन गर्ने जुकेखाडी सामुदायिक वन रहेको बताए । वन क्षेत्रमा रुख – बिरुवा मात्र संरक्षण गर्ने होइन , वन्यजन्तु , चराचुरुङ्गीले खाने आहारा पनि संरक्षण गरिनु पर्ने उनको सुझाव थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गोम्देनले कैदले शरणार्थी शिविरलाई पर्यटकीय क्षेत्र बिकास गर्नुपर्नेमा जोड दिए । नगरको बिकास समृद्धि गर्न नगरपालिकाको बजेटले मात्र नहुने भएकोले सबैको सहयोग चाहिन्छ । शिक्षा, स्वास्थ्य , कृषि , रोजगारलाई नगरपालिकाले प्राथमिकता दिएको उनले बताए ।

साधारणसभामा जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष झरिन्द्र कुमार खड्काले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने उपाध्यक्ष शुक्रराज दुलालले (दिपक) कैदले पर्यापर्यटन बार्षिक प्रगति प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा समिति संयोजक शंकर घिमिरेले आन्तरिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समूहका कोषाध्यक्ष मनिला जवेगु इङनामले आर्थिक बर्ष २०७८ -०७९ को बार्षिक अनुमानित बजेट प्रस्तुत गरेकी थिइन् । ०७८ -०८९ को अनुमानित आम्दानी ३ करोड २४ लाख ८४ हजार ८ सय ४० रुपैयाँ र खर्च तर्फ ७१ लाख ७२ हजार २ सय ४५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

सोही अवसरमा सामुदायिक वन क्षेत्रमा योगदान पु¥याउने संस्थापक ज्येष्ठ सदस्य मुक्तिनाथ खतिवडा , बालकर्ण लिम्बू , ठाकुरमाया खतिवडा , पवित्रा खनाल, बृद्धिचन कायस्थ र खेलकुद तर्फ योगदान पु¥याउने रेनु जवेगु रुविना खतिवडालाई सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको समूहका सचिव नर्वदा दियालीले जानकारी दिइन् ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहभित्र रहेका ३१ जना विपन्न वर्गलाई प्रतिव्यक्ति १-१ थान १ लाख ४२ हजार ६ सय मुल्य बराबरको बिधुतीय चुलो वितरण गरिएको थियो । अध्यक्ष खड्काको सभापतित्व रहेको साधारणसभामा अर्जुनधारा नगरपालिका – ३ का वडा अध्यक्ष सिताराम भट्टराई , समूहका उपाध्यक्ष नवीनकुमार ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार  १० : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]