चैत्र १६, २०८० शुक्रबार

विवाह वर्षगाँठमा पत्रकार उपचार कोषलाई १ लाख

बिर्तामोड – बिर्तामोडका व्यवसायी तथा सामाजिक अभियन्ता निर्मल भट्टराई र सुमित्रा भट्टराईले पत्रकार सहारा उपचार कोषलाई एक लाख एक हजार सहयोग गरेका छन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा भट्टराई दम्पत्तिले आफ्नो विवाह वर्षगाँठको अवसर पारी ५१ हजार प्रदान गरेका छन् । यसअघि उनले ५० हजार प्रदान गरेका थिए । बुधबार एक कार्यक्रमकावीच भट्टराई दम्पत्तिले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकम हस्तान्तरण गरे ।

नेपाल अलंैची व्यवसायी महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका भट्टराईले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा उपचार खर्च दिने पत्रकार उपचार कोषको प्रशंसा गर्दै भट्टराईले उक्त अक्षयकोषलाई लक्ष्य अनुसार एक करोडको पु¥याउन आफ्नो तर्फबाट सहयोग गरेको बताए ।

झापाली पत्रकारको सामाजिक सुरक्षा र दीगो हितका लागि पत्रकार महासंघले उदाहरणीय कार्य गरेको भन्दै भट्टराईले प्रशंसा गरेका थिए । निर्मल भट्टराई वीरता जेसीज, रोटरी क्लवका पूर्व अध्यक्षसमेत हुन् । सुमित्रा भट्टराई वीरता लेडी जेसीजकी कोषाध्यक्ष हुन् ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ६५ लाख जम्मा भएको छ ।

प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार  ७ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]