जेष्ठ ६, २०८१ आईतबार

आँखा शिविरमा निःशुल्क शल्यक्रिया

ताप्लेजुङ । ताप्लेजुङमा आज सम्पन्न तीन दिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा एक सय आठ जनाको शल्यक्रिया भएको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडाँैको आयोजनामा सञ्चालित शिविरमा ९३ को मोतियाविन्दुको र १५ जनाको साधारण शल्यक्रिया भएको छ ।

सदरमुकाम फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुमलगायत गरी पाँच सय १४ जनाले परीक्षणसहित उपचार सेवा लिएका छन् । शिविरमा चस्मा र नाम दर्तामा न्यूनतम शुल्क लगाइएको थियो । शल्यक्रिया र औषधि निःशुल्क प्रदान गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्दका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविर सञ्चालनका लागि मेची आँखा अस्पताल झापाको प्राविधिक सहयोग रहेको र लायन्स क्लब आफ काठमाडौँ हाम्रो रुपान्तरणले निःशुल्क औषधिको व्यवस्था गरेको थियो । समय समयमा यहाँ आयोजना हुने आँखा शिविरले पूर्वी पहाडी जिल्लामा रहेका आँखाका बिरामीलाई फाइदा पुग्ने गरेको छ ।

प्रकाशित मिति : मंसिर २२, २०७९ बिहीबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]