बैशाख २३, २०८१ आईतबार

झापा बोर्डर ४८ घण्टा सिल गर्ने सहमति

भद्रपुर । नजिकिँदै आएको दशैँ-तिहार र छठ चाडपर्व तथा भारतको किशनगञ्जमा हुने उप निर्वाचनलाई मध्यनजर गरी झापासँग जोडिएको सीमावर्ती नाकामा सुरक्षा व्यवस्था कडा बनाउने विषयमा दुवै देशका सुरक्षा निकाय सहमत भएका छन्।

भद्रपुर नाकासँग जोडिएको भारतको गलगलियास्थित भादगाउँ सशस्त्र प्रहरी बल (एसएसबी)को क्याम्पमा बसेको नेपाल–भारत सुरक्षा निकायको मासिक बैठकमा दुवै देशका सुरक्षा निकायका प्रमुखहरू सीमा सुरक्षाको विषयमा सहमत भएका हुन्। नेपाल-भारतको खुल्ला सीमावर्ती नाकाबाट हुने आपराधिक क्रियाकलाप, अवैध हातहतियार, चोरी तस्करी, मानव बेचबिखन, लागु औषध, चौपाया नियन्त्रणको विषयमा चासो देखाउँदै बैठकमा दुवै देशका सुरक्षा प्रमुख सहमत भएको जनाइएको छ।

सीमामा शान्ति सुरक्षालाई मजबुत बनाउन दुवै देशका सुरक्षाकर्मी संयुक्त रूपमा सीमा गस्ती गर्ने अभियानलाई समेत निरन्तरता दिनेमा उनीहरूले सहमति जनाएका छन्। साथै भारतको विहार राज्य स्थित किशनगञ्ज जिल्लामा आउँदो अक्टोबर २१ तारिख अर्थात् कार्तिक ४ गते हुने विधानसभाको उपनिर्वाचनका लागि ४८ घण्टा बोर्डर सिल गर्न विषयमा समेत छलफल भएको थियो। बोर्डर सिल गरी निर्वाचन सुरक्षामा सहयोग पुर्‍याइदिन भारतीय सुरक्षा निकायका प्रमुखले नेपालका सुरक्षा प्रमुखसँग आग्रह गरेका थिए। निर्वाचनमा बोर्डर सिल गर्ने विषयमा नेपालका सुरक्षा निकायले सहमति जनाएको छ।

सुरक्षा बैठकमा प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दिनेशराज मैनाली, सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सु, वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठ, किशनगञ्ज पुलिसका एसपी कुमार आशिष्, एसएसबीका सर्किल अफिसर सुभाष नेगी, मितुलकुमार र जिसी पाण्डेय, पश्चिम बंगाल दार्जिलिङ जिल्लाका कर्सियाग एसडिपीओ पिनाक, किशनगञ्जका पदाधिकारीहरू डा। अखिलेश कुमार, ठाकुरगञ्जका सर्किल इन्स्पेक्टर अश्विनीकुमार, गलगलिया थाना अध्यक्ष तरुण तरुगेश लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : आश्विन १४, २०७६ मंगलबार  ८ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]