बैशाख २४, २०८१ सोमबार

मिटरव्याजका पीडितले न्याय पाउन्

सम्पादकीय
अहिले हाम्रो समाजमा ठुलो समस्या बनेको छ , मिटरव्याजको धन्दा । जसका कारण सयौं परिवार विचल्लीमा परेका छ । यो समस्या राष्ट्रिय रुपमा मुद्धा बनेपछि उजुरी लिने काम भएको छ । झापामा पनि मिटरव्याजी कारोवारको आतंक छ भन्ने कुरा प्रशासनमा परेका उजुरीका आधारमा स्पष्ट हुन्छ । अनौपचारिक कारोवार गरेर अन्तिममा पैसा लिनेहरु चर्को व्याजमा पर्ने गरेका छन् । धेरै जसो घटना खाली चेकका कारण भएका छन् । पैसा लिँदा खाली चेकमा हस्ताक्षर गरेर दिने गरेको पाइयो । पैसा फिर्ता गरिसक्दा पनि चेकमा धेरैभन्दा धेरै रकम भरेर बाउन्स गरिदिने जस्ता घटना लिएर पीडित न्याय मागिरहेका छन् । कतिपयका जग्गा पनि गएका छन् ।

व्यवहारिक कठिनाईहरु आइरहन्छन् । कोहि कठिनाईमा सहयोग गर्नेहरु हुन्छन् त कोहि कठिनाईमा फाइदा उठाउनेहरु हुन्छन् । मुलतः फाइदा उठाउनेहरुबाट धेरै नागरिकको विल्लीवाठ भइरहेको घटनाहरु सार्वजनिक भएका छन् । गृह मन्त्रालयले मिटरव्याजीबाट पीडित नागरिकलाई उजुरी गर्न आव्हान गरेपछि पीडितहरु धमाधम प्रशासनमा गई उजुरी गरे । जहाँ पीडितहरुका अनेक दुख सुन्न पाइन्छ । सानो सहयोग लिएकाहरु पनि विल्लीवाठ हुने अवस्थामा पुगेका छन् । उनीहरुले न्याय पाउने वा नपाउने भन्ने बारे स्पष्ट भएको छैन ।

झापामा पनि ३५ वटाभन्दा बढी उजुरी परिसकेको छ । मिटरव्याजमार्फत करोडौको कारोवार गरेर असुलीका गतिविधि भएको उजुरीमा उल्लेख छ । एक जना शिवसताक्षीका पीडितले ८३ लाख लिएर ९ वटा जग्गाको राजीनामा पास गरिदिएको सुनाएका छन् । उनले ५० लाख पनि तिरिसकेको दावी गरेका छन् । हाल जमिनको मुल्य १५ करोड छ । पैसा दिनेले करिव ५ करोड दावी गरिरहेका छन् । यस्ता दर्जनौ घटना जिल्ला प्रशासनमा दर्ता भए । अवश्य पनि जिल्ला प्रशासनले पीडितलाई न्याय दिलाउने आशा गरिएको छ । दोषीलाई पनि कारबाही गर्ने छ । कोहि पनि यस प्रकारको समस्यामा परेको भए तत्काल कारवाहीका लागि प्रक्रिया अघि बढाऔं । आर्थिक अपराध गर्नेहरुलाई सजायको भागेदार बनाऔं । समाजमा यस प्रकारका धन्दाको सधैंका लागि अन्त्य गरौं ।

प्रकाशित मिति : मंसिर २५, २०७९ आईतबार  १० : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]